विराटनगर महानगरको प्रमुख प्रशासकिय अधिकृतमा एकदेव अधिकारी आए

विराटनगर महानगरको प्रमुख प्रशासकिय अधिकृतमा एकदेव अधिकारी आए

विराटनगर, ४ चैत ।
विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा यस अघि जिल्ला प्रशासन कार्यलय मोरङमा सहायक प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गरिसकेका एकदेव अधिकारी आएका छन् । आज बिराटनगर महानगरपालिकाले अधिकारीलाई स्वागत गरेको हो । जिल्ला प्रशासन कार्यलय मोरङबाट सरुवा भएर गएका अधिकारी ओखलढुङगा र खोटाङको प्रमुख जिल्ला अधिकारी भएर बसेका थिए । उनी त्यहाँबाट गृहमन्त्रालयमा सरुवा भएका थिए । गृहमन्त्रालयवाट सरूवा भई आएका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, वडा अध्यक्ष तथा कर्मचारीले स्वागत गरेका छन् । विराटनगर निवासी अधिकारी शालिन ब्यवहारका प्रशासक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्