प्रदेश लोकसेवा आयोग गठन बारे मन्त्री परिषदद्धारा विधेयक निर्माण गर्न स्वीकृती प्रदान

प्रदेश लोकसेवा आयोग गठन बारे मन्त्री परिषदद्धारा विधेयक निर्माण गर्न स्वीकृती प्रदान

विराटनगर, ४ चैत ।
प्रदेश १ सरकारले प्रदेश लोकसेवा आयोग गठनका लागि विधेयक निर्माण गर्न सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ । सोमबार प्रदेश १ को मन्त्री परिषद बैठकले प्रदेश लोकसेवा आयोग गठनको गर्न सैद्धान्तिक स्वीकृती प्रदान गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले जानकारी दिए ।
त्यस्तै मन्त्री परिषदको बैठकले ग्रामीण सडक संचानल कार्यविधि २०७५ को प्राविधिक शब्दावलीमा संसोधन गर्ने निर्णय गरेको छ । प्रदेश निर्वाचन क्षेत्र पुर्वधार विकास कार्यक्रम पहिलो संसोधन बैठकले पास गरेको मन्त्री कार्कीले जानकारी दिए ।
प्रदेश सरकारले आफ्नै बार्षिक क्यालेण्डर बनाउने पनि निर्णय गरेको छ । बैठकले प्रदेश आर्थिक कार्यविधि विधेयक निर्माण गर्न स्वीकृती प्रदान गरेको छ । त्यस्तै होली पर्वको अवसरमा झापा जिल्लामा दिईँदै आएको विदालाई सच्याउन संघिय सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्