शिवम मिश्र 
बिराटनगर, ४ चैत।
जाेगवनी रेल्वे स्टेशनमा एक नेपालीकाे शव फेला परेकाे छ ।  सोमबार जोगबनी रेल्वे स्टेसनको आरपिएफ कार्यलय अगाडि प्लेटफार्म नम्बर २ को छेउमा  रेलिङ्गकाे रडमा झुण्डिएकाे  अवस्थामा एक नेपालीकाे सब फेला परेको हाे  ।
यसरी भेटिएकाे शव शिव सत्ताशी नगरपालिका ४ झापा निवासी तिर्थ प्रसद घिमिरे रहेको प्रहरीले जनाएको छ ।
उनको खल्ती चेकजाँच गर्ने क्रममा  उनको साथबाट सवारी चालक अनुमति पत्र  फेला परेकाे  प्रहरीले जनाए । पारिवारिक झगडा भएको कारणले आत्महत्या गरेको हुन सक्ने वा कसैले मारेर झुण्ड्याएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ ।
ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक  इन्द्रबहादुर रानाले विहान भेटिएकाे शव दिउँसाे परिवारलाई जिम्मा लगाएकाे जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस