विराटनगर दमकलमा आगलागीकाे अबस्थामा फाेन नउठ्नु र दमकल ढिला पुग्नुकाे यस्ताे कारण

विराटनगर दमकलमा आगलागीकाे अबस्थामा फाेन नउठ्नु र दमकल ढिला पुग्नुकाे यस्ताे कारण

प्रेम देवान , विराटनगर, ५ चैत ।
चैत्र – वैशाख महिना हावा हुरी चल्ने मौसम । यो मौसममा अत्याधिक हावा हुरी चल्ने भएका कारण आगलागीका घटनाहरु प्रसस्तै हुन्छन् । यस्तो बेला दमकलका कर्मचारी २४ सै घन्टा चनाखो भएर बस्नुपर्ने हुन्छ ।
कुनै स्थानमा आगलागी भयो भने हत्तपत्त दमकल लिएर दौडिनु पर्ने कर्मचारीहरु कहिलेकाँही बिभिन्न कारण समयमै दमकल नपुग्ने गरेका जन –गुनासो आईरहेका छन् । यदी पुुगी हाले भने पनि आगलागी नियन्त्रणमा आईसके पछि मात्र घटना स्थलमा पुग्ने गरेको आगलागी पडितहरु बताउँछन् ।

घटना–१

गत फागुन २५ गते विहान ४ बजेको समयमा विराटनगर १२ लखनलाल मण्डलको गाईगोठमा आगलागी भयो । मण्डलका आफन्तले वारुणयन्त्रको नम्बर ०२१ – ४२०००० मा फोन गरे । उताबाट फोन उठेन । फेरी फोन गरे बल्ल– बल्ल फोन उठ्यो । मण्डलका आफन्त आगलागीको बारेमा जानकारी गराए । लागेको आगो नियन्त्रणामा आईसकेको थियो । यही बिषयमा वारुण यन्त्रका कर्मचारीले हप्काई खाए । आगलागीको समय मै दमकल नपुग्ने गरेको घटना आएपछि दमकलमा के हुन्छ त आवर बिराटनगरको टोली डायरी र क्यामेरा बोकेर त्यहाँ पुगेको थियो ।

घटना-२

आम जनताबाट आईरहने जन–गुनासोका बिषयमा बुझ्न हामी विराटनगर पालिकाको पुष्पलाल चोक स्थित मानगढ एरीयमा रहेको वारुण यन्त्र कार्यलयमा सोमबार दिउसो १२ बजे पुगेका थियौँ । फलामको गेट रहेको कार्यलयमा मोटरसाईकल छिर्न सक्ने मुल गेट खोलिएको थियो । हामी सिधै कार्यलयमा प्रवेश गर्यौ । त्यहा हामी पुग्दा एउटा टेवलमा लेण्डलाईन फोन बाकस भित्र थियो अनि एउटा प्लाष्टिको कुर्सी । हामी त्यहाँ पुग्दा फोन उठाउने मान्छे नै थिएनन् । हामी त्यहाँ धेरै बेर बस्यौँ । तर कोही आएनन् । कोही नआएपछि हामीले ०२१ – ४२०००० मा आफैँ फोन गर्यौ । फोनको ४– ५ पटक घण्टी सुनेर एक जना कर्मचारी दौडेर फोन उठाउन आईपुगे । हामीले यही जान्न वारुण यन्त्रको कार्यालयमा पुगेका थियौँ । आम नागरिकका गुनासा जे थिए फोन नउठ्ने आखिर भएको पनि त्यही पाईएपछि बास्तबिकताको बारेमा सोधिखोजी भयो ।कर्मचारीका पिडा
वारुण यन्त्रका कर्मचारी विराटनगर महानगरपालिका वारुण यन्त्रका ईन्चार्ज सुभाषकुमार क्षेत्री फोन नउठेको बिषय गलत भएको बताउँछन् । उनले भने, ‘भात न पानी घर न परिवार भनेर २४ सै घन्टा डिउटीमा खटेको छौँ ।’ आम पव्लिकले गरेको फोन नउठ्नुको कारण निर्माणाधिन बाटो–घाटो तथा नाला विजुलीको पोलहरु सार्ने क्रममा अप्टिकल फाईवरमा समस्या देखिएका कारण फोनमा समस्या देखिएको उनको भनाइ छ । उनका अनुसार समस्या भएको बेलामा नजिक्रैको प्रहरी कार्यलयका फोन नम्बर दिने गरेका छौ । आम जनताहरुबाट आलोचान प्रसस्तै आउने गरेको उनको भनाई छ । निर्माणाधिन बाटोेका कारण पनि समय मै आगलागी भएको ठाउँसम्म पुग्न नसक्नु समस्याको रुपमा रहेको उनले जानकारी दिए ।


वारुणयन्त्र दरबन्दी
हाल वारुणयन्त्र कार्यालयमा २० जना कर्मचारी बस्ने गरेका छन् । एक वर्षमा १ सय भन्दा बढी आगलागीका घटना हुने गरेको छ । चालु आर्थिक वर्ष २०७५-०७६ सालको फागुन मसान्त सम्म १ सय वटा आगलागीका घटना भएको वारुण यन्त्रसँग तथ्याङक छ । गएको साउन महिना यता विराटनगर लगायत आसपासका नगरपालिका तथा गाँउपालीका एक सय वटा आगलागीका घटना भएको छ। सवै भन्दा बढी फागुनमा २२ र कम भदौमा आगलागी भएका घटना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्