विराटनगरको बिएफएमले मनायो संचारकर्मीसँग होली (फाेटाे फिचर)

<span class='c1'>विराटनगरको बिएफएमले मनायो संचारकर्मीसँग</span> <span class='c2'>होली (फाेटाे फिचर)</span>

विराटनगर, ५ चैत ।
विराटनगर ६ मा रहेको बिएफएम ९१ दशमलव २ मेगाहर्जले होली मिलन कार्यक्रम गरेको छ । विगत वर्ष जस्तै यस वर्षपनि सोमबार विराटनगरका संचारकर्मीसँग एफएमले होली मिलन कार्यक्रम गरेको हो ।

कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले हरेक वर्ष पत्रकारसँग एफएमले होली कार्यक्रम गर्ने गरेको बताए । उनले एफएमको बार्षिक कार्यक्रमभित्र होली कार्यक्रमलाई पनि मनाईने गरेको बताए । बर्ष दिनभरि समाचार संकलनमा व्यस्त रहनुपर्ने पत्रकारसँग होली कार्यक्रम मनाउनुको आनन्द नै फरक हुने गरेको कार्यकारी निर्देशक डा. श्रेष्ठको भनाई छ ।

कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, पुर्व अध्यक्ष विक्रम निरौला, ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल (वान) प्रदेश नं. १ का कोषाध्यक्ष अरविन्द मेहता, नेपाल प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुईटेल, विराटनगर जुनियर जेसिजका अध्यक्ष दीपा ओडारी, लायन्स क्लव अफ विराटनगर फ्युजनका संस्थापक अध्यक्ष टिपी आचार्य, गायक सुमित खड्का लगायतले होली पर्वलाई मयार्दित बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्