सुनसरीकाे भाेक्राहामा आगलागी, वाैवालालकाे घर जल्याे

सुनसरीकाे भाेक्राहामा आगलागी, वाैवालालकाे घर जल्याे

सुनसरी, ५ चैत । सुनसरीको भोक्राह नर्सिङ गाउँपालिका-४ बस्ने बौवालाल उरावको घरमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ ।

बिजुलीको तार सर्ट भई आगलागी हुँदा उरावको टाटी बेरा र टिनको छानो भएको १ तले घर, घर भित्र रहेको नगद २० हजार, सुन २ आना, चादी २१ तोला, टि.भि. खाद्यान्न, लत्ताकपडा लगायत सम्पूर्ण सर-सामान जलेर नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा  पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्