झापामा भएकाे मोटरसाईकल दुर्घटनामा ३ घाइते

झापामा भएकाे मोटरसाईकल दुर्घटनामा ३ घाइते

झापा, ५ चैत। झापाको दमक नगरपालिका-७ धरधरे पुलमा  दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको मे ५ प ६४१४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ८ प ८८०६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मे ८ प ८८०६ नम्बरको मोटरसाईकल चालक उर्लाबारी नगरपालिका-६ बस्ने बर्ष २५ को संजिब बि.क. र  पछाडी सवार बर्ष २० को निशान राई त्यसैगरी मे ५ प ६४१४ नम्बरको मोटरसाईकल चालक तत्काल पहिचान खुल्न नसकेका १ पुरुष घाइते भएका हुन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट तारावारीबाट प्रहरी टोली खटि गई घाइते तीनै जनालाई उपचारको लागि लाईफलाईन अस्पताल दमक पठाईएकोमा त्याहाँ उपचार सफल नभएपछि थप उपचारको लागि बिराटनगर स्थित न्यूरो अस्पताल ल्याईएकाे इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्