विराटनगरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता : सीएमजी क्लब विजयी

<span class='c1'>विराटनगरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता :</span> <span class='c2'> सीएमजी क्लब विजयी</span>

विराटनगर, ५ चैत । होली पर्वको अवसर पारेर एमआरएफसी क्लब विराटनगरले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

विराटनगरमा सोमबार आयोजित प्रतियोगितामा सीएमजी क्लब विराटनगरले आयोजक एमआरएफसी क्लबलाई ८–७ गोलअन्तरले पराजित गरेको छ । सुरुवातमा आयोजक एमआरएफसी क्लब ४–० ले अगाडि रहेको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा खेलको ४९ औं मिनेटमा सीएमजीका प्रकाश पौडेलले गरेको गोल नै निर्णायक बन्यो ।
५० मिनेटको खेलमा सीएमजीका रोहित कोइरालाले ३ गोल, दिलीप बास्कोटा र प्रकाश पौडेलले २–२ तथा विजय भुजेलले १ गोल गरे । त्यस्तै आयोजकका तर्फबाट राम लुइँटेल र कृष्ण कार्कीले २–२ गोल गर्दा दीपेन्द्र कार्की, कल्याण चौधरी र मनोज तामाङले १–१ गोल गर्नुभयो । खेलको म्यान अफ द म्याच सीएमजीका रोहित कोइराला घोषित भए । आपसी सद्भावसँगै भाइचार अभिवृद्धिका लागि मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको आयोजक एमआरएफसी क्लबका अध्यक्ष अरविन्द चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्