वडाध्यक्ष विरुद्ध श्रीमतीले हालिन घरेलु हिंसाको उजुरी

वडाध्यक्ष विरुद्ध श्रीमतीले हालिन घरेलु हिंसाको उजुरी

सिन्धुली, ५ फागुन । मरिण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष ३२ वर्षीय धन बहादुर स्याङतानविरुद्ध उनकी श्रीमती ४३ वर्षीया सर्मिलामाया स्याङतानले घरेलु हिंसाको उजुरी दर्ता गरेकी छिन ।

उनले आफूलाई श्रीमानले मानसिक तथा आर्थिक हिंसा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा आइतबार उजुरी दिएकी हुन । उनले उजुरी दिएपछि केन्द्रले सोमबार वडाध्यक्षलाई बोलाई दुवै पक्षलाई राखि छलफल गराई मिलापत्र भएको जनाएको छ ।

श्रीमानले सधैजसो डर, त्रास देखाउने, गालीगलौज गर्ने गरेको, खानलाउन नदिएको, बोलचाल समेत नगर्ने गरेको र घरयासी खर्च समेत नदिएको पीडित सर्मिला मायाको आरोप छ । उनीहरु पारिवारीक बेमेल भएपछि विगत ६ महिनादेखि बेग्लाबेग्लै भान्सामा खाना खाँदै आएका थिए ।

पीडितले उजुरी दिएपछि सोमबार केन्द्रले छलफल गराएको केन्द्रका प्रमुख रचना लामिछानेले बताईन । उनले श्रीमतीले मदिरा सेवन गरेका कारण परिवारमा समस्या आएको श्रीमान धनबहादुरको आरोप रहेको बताईन ।

उनले श्रीमतीले मदिरा सेवन नगर्ने र श्रीमान श्रीमतिसँगै बस्ने, घर व्यवहार मिलेर गर्ने र आपसमा समझदारी कायम गर्ने गरि दुवै पक्ष सहमत भएपछि मिलापत्र गरिएको बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्