सप्तरीमा भालु आतंक: भालुको आक्रमणबाट हालसम्म तीनजनाको मृत्यु ,दर्जनौँको अंगभंग

सप्तरीमा भालु आतंक: भालुको आक्रमणबाट हालसम्म तीनजनाको मृत्यु ,दर्जनौँको अंगभंग

सप्तरीमा जंगली भालुको आक्रमणमा परी एक मजदुर घाइते भएका छन् । गिट्टी कुट्न गएका वेला भालुको आक्रमणमा परी सप्तकोशी नगरपालिका १, फत्तेपुरका ५५ वर्षीय मोतीलाल चौधरी घाइते भएका हुन् ।

फत्तेपुरस्थित जंगल क्षेत्रमा रहेको अमाहा खोलामा गिट्टी कुट्दै गरेका वेला उनलाई भालुले आक्रमण गरेका थियो । चौधरीको आँखामा गम्भीर चोट लागेको छ । स्थानीय फत्तेपुर पोलिक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारार्थ सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्थानीय प्रदीप चौधरीले जानकारी दिए ।

फत्तेपुरमा भालुको आक्रमणबाट हालसम्म तीनजनाको मृत्यु तथा दर्जनौँको अंगभंग भएका स्थानीय खगेन्द्र कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्