बिराटनगर बन्दैछ खेलमय : हुदैछ चर्चित महिला टी–२० क्रिकेट लिग ,यस्ता छन् टिम र तयारी….

बिराटनगर बन्दैछ खेलमय : हुदैछ चर्चित महिला टी–२० क्रिकेट लिग ,यस्ता छन् टिम र तयारी….

बिराटनगरमा साफ महिला च्याम्पियनशिप जारी रहेको अवस्थामा अब नेपालमा पहिलो पटक आयोजना हुन लागेको एनसीएल महिला टी–२० प्रतियोगिता पनि आयोजना हुने भएको छ ।

प्रतियोगितामा खेल्ने चार टिमका मालिक र मार्की खेलाडीको घोषणा भएको छ । यसैबीच नेपालकी चर्चित अभिनेत्री रेखा थापाले महिला लिगका लागि टिम खरिद गरेकी छिन ।

अभिनेत्री थापाले महिला क्रिकेट २० प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्स टिमको स्वामित्व खरिद गरेकी हुन । सोमबार राजधानीमा पत्रकार सम्मेलनका दौरान अभिनेत्री थापाले “आफू १४ वर्षदेखि महिला दिदी बहिनीहरुको क्षेत्रमा काम गर्दै आएको र अब नेपाली महिला क्रिकेटरहरुको बिकास गर्नुका साथै नेपाली महिला क्रिकेटलाई एक उचाईमा पुर्याउन आफ्नो तर्फबाट उल्लेख योगदान दिनका निमित्त महिला टिम खरिद गरेको बताउनु भयो ।

आयोजकले प्रस्ताव टिम खरिद गर्न प्रस्ताव गरेकाले मैले पनि महिला क्रिकेटमा योगदान दिन सक्छु भन्दै काठमाडौंको टिम खरिद गरेको उहाँको भनाइ छ । एनसीएल स्पोर्टस् प्रालिको आयोजनामा पहिलोपटक महिला टि–२० क्रिकेट लिग हुन लागेको हो ।

नेपाली महिला टोलीले अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निन्तरता दिन र अझै प्रतिष्पर्धी बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको प्रालिका अध्यक्ष जयराज रायको भनाइ छ । रायले मुलुकभित्र हुने अधिकांश प्रतियोगिता पुरुष खेलाडीका लागि मात्र केन्द्रित रहँदै आएकाले सो सँगै महिला क्रिकेटरलाई अघि बढाउने उद्देश्यसाथ प्रालिले महिला टि–२० लिग आयोजना गर्न लागेको बताउनु भयो ।

यसअघि चैत १ देखि ९ गतेसम हुने भनिएको प्रतियोगिता एक साता पर सर्दै ७ गते देखि १४ गतेसम्म आयोजना हुन लागेको हो । विराटनगरस्थित बैजनाथपुरको क्रिकेट रंगशालामा हुने प्रतियोगितामा देशका चार शहरका टिमहरुको सहभागिता रहनेछ ।

सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महिला टी–२० लिगमा सहभागी हुने चार टिम, टिम मालिक र मार्की खेलाडी घोषणा समेत गरिएको थियोे । काठमाडौं सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडीको रुपमा भित्रिएकी छिन । यता विराटनगर रोअरिङको स्वामित्व अनुप सक्सेराले लिएको छन ।

विराटनगरको मार्की खेलाडीमा करुणा भण्डारी चुनिदा भैरहवा क्विन्सको स्वामित्व अनिल भण्डारी र दीपक सुवेदीले लिएका छन भने राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री भैरहवाको मार्की खेलाडी भएकी छिन ्। त्यस्तै टिम धनगढी वन्डरवुमेनको स्वामित्व हरि खनालले लिएका छन भने टिमको मार्की खेलाडीमा सीता रानामगर चुनिएकी छिन् । प्रतियोगिताका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय र स्थानीय खेलाडी भित्र्याउन अक्सनको मिति छिट्टै घोषणा गरिने आयोजक संस्था एनसीएल स्पोर्टस प्रालिले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने नेपाली अन्तर्रा्ष्ट्रिय, राष्ट्रिय र स्थानीय खेलाडीलाई तीन ग्रेडमा विभाजन गरिएको छ । ए ग्रेडका खेलाडीले न्युनतम चालीस हजार र अधिकतम ७५ हजार प्राप्त गर्ने छन् भने बी ग्रेडका खेलाडीले २५ हजार र अधिकतम ५० हजार पाउने छन् । त्यस्तै सी ग्रेडका खेलाडीले न्युनतम १५ हजार र अधिकतम २५ हजार प्राप्त गर्ने छन् ।

प्रतियोगिताका विजयी टोलीले नगद १० लाख जित्ने छ भने दोश्रो हुने टोलीले पाँच लाख नगद हात पार्ने छ । त्यस्तै प्रत्येक खेलमा प्लेयर हुने खलाडीले १० हजार पनि प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्