समाजसेवा दिवस :लियो क्लब विराटनगर युनिकद्धारा दलित विद्यार्थीलाइ शैक्षिक सामग्री वितरण

<span class='c1'>समाजसेवा दिवस :लियो क्लब विराटनगर युनिकद्धारा</span> <span class='c2'>दलित विद्यार्थीलाइ शैक्षिक सामग्री वितरण</span>

विराटनगर, चैत ५

विराटनगरको बैजनाथपुरस्थित पञ्चकन्या आधरभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लियो क्लब अफ विराटनगर युनिकले शैक्षिक सामग्री वितरण गरेको छ । आज अन्तराष्ट्रिय समाजसेवा दिवसको अबसरमा क्लबले विद्यालयको कक्षा २ मा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग र कपि वितरण गरेको हो ।

अनेरास्ववियुका केन्द्रिय सचिव वसिम आलम, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका स्वकीय सचिव विष्णु यादवको सहयोगमा प्रत्येक विद्यार्थीलाई १ थान स्कुल  ब्याग र व्यवसायी तथा समाजसेवी लक्ष्मण घिमिरेको सहयोगमा विद्यार्थी ४ थान कपि वितरण गरेको क्लबकी अध्यक्ष आइसा रायनले बताईन ।

कार्यक्रममा स्वकीय सचिव तथा अनेरास्ववियूका केन्द्रीय सचिव वसिम आलमले विभिन्न कलेजमा अध्यनरत विद्यार्थीहरुले लियो क्लबमा संगठित भएर मानविय सेवाको कार्य नियमित गर्ने गरेको भन्दै क्लबको प्रसंसा गरे । उनले लियो क्लब अफ विराटनगर युनिकमा आवद्ध युवाहरुले सानै उमेर देखी समाजसेवामा अग्रसर भएकाले समाजमा मानवता रहेको उदाहरण प्रस्तुत गर्दै आएकाले क्लबलाई आगामी दिनमा पनि साथ र सहयोग गर्ने प्रद्धिवद्धता जनाए ।

कार्यक्रममा लियो क्लब अफ विराटनगर यूनिकका प्रथम उपाध्यक्ष पेरिस सुवेदीले क्लब मार्फत नियमित विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जानकारी दिए । उनले क्लब मार्फत आगामी दिनमा पनि सामाजिक कार्यहरुलाई निरन्तरता दिइरहने बताए । उनले विद्यार्थीलाइ ब्याग र कपि वितरण गर्ने सहयोगी दाताहरुप्रति आभार प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्