विराटनगरबाट हिन्दु राष्ट्र स्थापना संघर्ष समितीको चेतावनी, ‘हिन्दु राष्ट्र नबनाए हतियार उठाउने’

विराटनगरबाट हिन्दु राष्ट्र स्थापना संघर्ष समितीको चेतावनी, ‘हिन्दु राष्ट्र नबनाए हतियार उठाउने’

शिवम मिश्र (प्रशान्त)
विराटनगर, ५ चैत । हिन्दु अधिराज्य स्थापना संघर्ष समितीले नेपाललाइ हिन्दु राज्य कायम राख्नु पर्ने माग राखेका छ । समितिले आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाललाइ हिन्दु राष्ट्रिय बनाउनु पर्ने माग राखेको हो ।

नेपालमा ९५ प्रतिशत हिन्दु रहेको भन्दै नेपाललाइ हिन्दु राष्ट्र बनाउनु पर्ने समितिका संरक्षक डम्बर बहादुर कार्कीले बताए । उनले हिन्दु राष्ट्र वनाउने बारेमा आफुहरुको मागमा वेवास्ता गरिए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए । देशलाई हिन्दु राष्ट्र बनाउन धेरै संघसंस्थाहरु आए पनि सबैले देशलाई लुटेर मात्र खाएको उनको आरोप छ । नेपाल र नेपालीको अस्तित्व बचाउन हिन्दु राष्ट्र बनाउनै पर्ने समितिको ठहर छ ।
उनले मेचीदेखि महाकालीसम्म अभियानको सञ्चालन भैसकेको भन्दै देश भरिनै धर्म सभा गर्ने पनि बताए । उनले हिन्दु भएर हिन्दुको बिरोध गर्नेलाई कडा कार्वाही गर्ने बताए । राप्रपाले देशमा गलत प्रचार गरेर देशमा अशान्ति फैलाएको उनीहरुको आरोप छ । ‘हाम्रो अभियान देश , बिदेश र परदेशमा भएको हिन्दुहरु समक्ष पुगि सकेको छ, कार्कीले भने, ‘अब अभियानलाई सबै हिन्दुले साथ दिन्छन्, समिती मजबुत भएको छ ।’
हिन्दु अधिराज्य स्थापना संघर्ष समितिका संयोजक राम भण्डारीले अब आफुहरु क्रान्ति गर्न निस्केको यही क्रान्तीबाट नै देशमा हिन्दुराज्य कायम गर्न सफल हुने बताए । उनले हिन्दु राज्य बनाउन हातहतियार नै उठाउन समेत आफुहरु तयार रहेको उनीहरुको चेतावनी छ । उनले अहिले मुलुक नै सिद्ध्याउने चलखेल भईरहेको आरोप लगाउँदै राप्रपालाई देश बिरोधी पार्टी भएको र अशान्ति फैलाउने काम भै रहेको बताए । समितिले चैत्र ९ गते बिराटनगरको हाटखोला मैदानमा विशाल “विराट धर्म सभा“ गर्न लागेको जनाएको छ । यो सभामा देश भित्र तथा बाहिरबाट समेत सन्त र महन्थहरु आउने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्