तेह्रथुमको फेदापमा आगलागी, एक घर जल्याे करिब १७ लाखकाे क्षति

तेह्रथुमको फेदापमा आगलागी, एक घर जल्याे करिब १७ लाखकाे क्षति

तेह्रथुम, ५ चैत । तेह्रथुमको फेदाप गाउँपालिका-३ जलजलेस्थित  मार्से सामूदायिक जंगलमा लागेको आगो गाउँ पस्दा एक घर जलेर  नष्ट भएकाे छ । आगाेले स्थानीय डोलेश्वर ढुंगानाको घर सल्किदा करिब १६ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ । दिउँसो  भएकाे आगलागीबाट ढुंगानाको ढुंगा, माटोले बनेको फुसको छानो भएको ३ तले घर,  घर भित्र रहेको धान, मकै लगायत लत्ताकपडा, भाडावर्तन र काठपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । आगाे जिल्ला प्रहरी कार्यालय तेह्रथुम, प्रहरी चौकी पोक्लावाङ, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा  पूर्ण रुपमा नियन्त्रणमा आएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्