पुर्वाञ्चल विश्वविद्यालय प्रध्यापक संघको सभापतिमा विराटनगरका श्रेष्ठ निर्वाचित

पुर्वाञ्चल विश्वविद्यालय प्रध्यापक संघको सभापतिमा विराटनगरका श्रेष्ठ निर्वाचित

विराटनगर, ६ फागुन ।
पुर्वाञ्चल विश्व बिद्यालय प्राध्यापक संघ केन्द्रीय समितिको निर्वाचनबाट डा सन्देशदास श्रेष्ठ निर्वाचित भएका छन् । मंगलवार भएको निर्वाचनबाट उनले नरेशकुमार साहलाई पराजीत गर्दै बिजयी भएका हुन् । ७८ मत खसेकोमा श्रेठले ३९ मत प्राप्त गरे भने साहले ३६ मत प्राप्त गरेका हुन् ।
त्यस्तै उपसभापतिमा बसन्त पौड्यालले ४२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निक६तम प्रतिद्धन्दी युवराज धितालले ३४ मत प्राप्त गरे । त्यस्तै महासचिवमा नविन भट्टराईलाई हराउँदै भुपेन्द्र बाराकोटीले ४१ मत प्राप्त गर्दै बिजयी भएका हुन् । त्यस्तै सचिवमा जीवन थापाले डा प्रसन्न दाहाललाई हराउँदै बिजयी भए । कोषाध्यक्षमा नितिन भगत बिजयी भए । त्यस्तै सदस्यहरुमा डा बिनिता पौडेल, यज्ञ प्रसाद जमरकट्टेल, सन्नीकुमार साह, मदनबहादुर थापा बिजयी भएका छन् ।

सभापतिमा निर्वाचित श्रेष्ठ ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल (वान)का प्रदेश अध्यक्ष, बिएफएमका कार्यकारी निर्देशक, पुर्वाञ्चल विश्व बिद्यालयको सहप्राध्यापकको रुपमा कार्यरत छन् । उनले यसका अतिरिक्त बिभिन्न सामाजिक क्षेत्रमा समेत काम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्