विराटनगरमा जारी महिला साफ : आज दुईखेल हुँदै, पहिलो खेल नेपाल र श्रीलंकाबीच हुँदै

<span class='c1'>विराटनगरमा जारी महिला साफ :   आज दुईखेल</span> <span class='c2'>हुँदै, पहिलो खेल नेपाल र श्रीलंकाबीच  हुँदै</span>

विराटनगर, ६ फागुन । पाँचौ महिला साफको पहिलो सेमिफाइनलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल विहान ११ बजे विराटनगरको सहिद रंगशालामा हुनेछ। साफ महिला फुटबलको समूह 'ए' मा रहेको नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। नेपालले समूहमा भुटान र बंगलादेशमाथि समान ३-० को नतिजा निकालेको थियो।

श्रीलंका समूह  'बी' को उपविजेताको रुफमा सेमिफाइनलमा पुगेको हो। श्रीलंकाले समूह चरणमा माल्दिभ्सलाई २-० ले हराउदा भारतसँग ५-० को हार बेहोरेको थियो।

अघिल्लो संस्करणबाहेक सुरुवाती तीन संस्करणको फाइनलमा पुगेको नेपाल चौथो पटक फाइनलमा पुग्ने अभियानमा छ। प्रतियोगितामा अहिलेसम्म गोल नखाएको नेपालको लक्ष्य गोल नखाइ फाइनलमा पुग्ने लक्ष्यमा छ। यता आजै हुने दोस्रो सेमिफाइनलमा भारत र बंगलादेशबीच दिउँसो ३ बजे हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्