मोरङको बेलबारीमा यस्तो बन्यो सृजना पार्कमा मुर्ती (तस्बिर सहित)

मोरङको बेलबारीमा यस्तो बन्यो सृजना पार्कमा मुर्ती (तस्बिर सहित)

मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रभित्र गत फागुन ४ गतेदेखि ६ देशका ३० जना मुर्तिकारहरु ढुंगामा आफ्नो कला प्रस्तुत गर्न तल्लिन छन । राम्रा राम्रा कला कृतिहरु निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउने लक्ष्यका साथ सिर्जना पार्क निमार्णका लागी पहिलो चरणमा अन्तराष्ट्रिय स्तरको मुर्तिकार्यशाला शुरु गरिएको वडाअध्यक्ष गंगा याक्खा बताउँछन । 

पार्कमा ५० वटा मुर्ति तयार गरी सुन्दर बगैचा निर्माण गर्ने ध्येयको साथ कार्यशालामा सुरु भएको हो । अहिले जापानका नोरिओ ताकाओका, इटालीकी माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदास, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान मुर्तिकला विभागका प्रमुख लालकाजी लामासहित ३० जना दक्ष, व्यवसायिक मूर्तिकारले आकर्षक मुर्तिहरु खोपिरहेका छन् । जसमा ५ विदेशी र २५ स्वदेशी मुर्तिकार रहेका छन् । उनीहरुले १८ दिन लगाएर विभिन्न मुर्ति बनाउने छन् । त्यससपछि सृजना सामुदायिक वनले उक्त क्षेत्रमा सृजना पार्कको नाममा बगैंचा परिणत हुनेछ ।

तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्