प्रदेश १ का मुख्यमन्त्री राईद्वारा होलीको शुभकामना, सामाजिक सद्भाव कायम गर्ने विश्वास

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा होलीको शुभकामना,  सामाजिक सद्भाव कायम गर्ने विश्वास

विराटनगर, ६ चैत ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पूर्णिमा (होली) पर्व २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

मुख्यमन्त्री राईले जारी गरिएको शुभकामना सन्देशमा, असत्यमाथि सत्यको विजयको रुपमा लिइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व हो, रङ्गको पर्व मानिने यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने उल्लेख गरिएको छ ।
हाम्रा चाडपर्वहरुले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउँदै एकताबद्ध गर्न र आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संर्वद्धन गर्न अभिप्रेरित गरिरहेको सन्देशमा उल्लेख छ । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीहरुले खुसी र मनोरञ्जन साटासाट गर्न विभिन्न रङहरुमा रङ्गिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने गरेको मुख्यमन्त्री राईको सन्देशमा भनिएको छ ।

यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गर्ने मैले ठानेको छु सन्देशमा उल्लेख गर्दै मुख्यमन्त्री राईले मुलुकमा मनाइने यी र यस्ता विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संर्वद्धन गर्दै समृद्धितर्फको यात्रामा अगाडि बढ्नु हामी सबैको दायित्व रहेको शुभकमनामा भनेका छन् ।

यस पर्वले सबै नेपालीमा खुसीका रंगहरु छर्दै नयाँ उत्साह र उमङ्गका साथ सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण राख्दै प्रदेशको विकास र समृद्धिको यात्रामा अगाडि बढ्ने उत्प्रेरणा सबैमा मिल्ने मुख्यमन्त्रीले शुभकामनामा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्