विराटनगरमा होली : पहाडमा मनाए तराईमा भाेली , यस्ताे छ-सुरक्षा ब्यवस्था

विराटनगरमा होली : पहाडमा मनाए तराईमा भाेली ,  यस्ताे छ-सुरक्षा ब्यवस्था

प्रेम देवान ।
विराटनगर, ५ चैत । तराईमा विशेष तरिकाले मनाईँदै आएको होली पर्वको रौनकता विराटनगरमा एक हप्ता अगाडि देखि नै लागेको थियो । होली पर्व आउन केही दिन अगावैदेखि विराटनगरमा होली पर्ब बिभिन्न संस्था तथा ब्यक्तिहरुले मनाउन थालेका थिए ।
पहाडी भेगमा भन्दा पनि तराईमा होली पर्व छुट्टै तरिकाले मनाउने प्रचालन छ । यस पटकको होली पहाडी क्षेत्रमा आज मनाईएको छ भने तराईमा ७ गते मनाईँदै छ । होली पर्व आपसी सदभाव कायम राख्न एक आपसमा रङ दलेर मनाउने गरिन्छ ।
होली मात्रै यस्तो पर्व हो, जसमा सवै धर्मावलम्वी, जातजाति, सबै लिङ्ग वा समुदायका मानिसले साझा पर्वको रूपमा मनाउँदै आएका छन् । के तराई, के पहाड, के हिमाल, के सहर, के गाउँ सबै तिर होलीको उत्साह देखिन्छ । होली पर्वले एक अर्कामा मेलमिलाप, आपसी भाईचारा र सदभाव राख्ने भएकाले यो पर्व परापुर्ब कालदेखि मनाईँदै आएको हो ।
विराटनगरमा पनि होलीको केही दिन अघि देखि नै नै विशेष तरिकाले पर्व मनाउने चलन शुरु भएको छ । जसरी नेपाली हिन्दु महिलाहरुले तीजलाई विशेष रुपमा मनाउने चलन छ, त्यसैगरी होली पर्व पनि केही दिन अघि देखि नै शुभकामना साटासाट गर्ने र मनाउने गरिन्छ ।
होली सुरक्षा
पछिल्लो समय होलीका नाममा विकृति मौलाउदै गएको पनि टिप्पणी हुन थालेको छ । होलीको नाममा अवाञ्चित घटना हुन नदिनको लागि मोरङ प्रहरीले विशेष अभियान चलाएको छ । यसपटकको होली पर्वमा सम्भावित घटना हुन नदिन मोरङ प्रहरीले हरेक स्थानहरुमा विशेष सुरक्षाकर्मीहरु खटाएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले बताए ।
होली पर्वमा जबरजस्ती होली दल्ने, लोला हान्ने तथा मदक पदर्था सेवन गरि अवाञ्छित गतिविधी गर्ने जो कोहीलाई कार्वाही गरिने उपरीक्षक केसीले बताए ।
‘होली पर्वको दिन सबैभन्दा बढी मोटरसाईकलमा चढेर लोला हान्ने प्रवृती छ, उनले भने, यदी कसैले जवरजस्ती गर्छ भने कार्वाही हुन्छ ।’ यसैलाई मध्यनजर राख्दै ट्राफिक प्रहरीले लोला हान्नेलाई कार्वाही गर्ने जनाएको छ । त्यस दिन हेलमेट पनि नलगाई नशालु पदार्थ सेवनगरी मोटरसाईल चलाएर ठाउँको ठाउँ कार्वाही गर्ने तयारी ट्राफिक प्रहरीको छ ।
यस बर्षको होली पर्वमा सम्भावित दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले कडाई गर्न लागेको हो । हरेक बर्ष अबैध गतिबिधि हुने र सवारी साधन मादक पद्धार्थ सेवन गर्ने गरेको पाईएकोले यसलाई नियन्त्रण गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरिक्षक शिव कुमार पोखरेलले जानकारी दिए ।
होलीका दिन मादकपदार्थ जन्य भाङ, धतुरो जस्ता नशालु पदार्थ खाएर सवारी साधन नचलाउन पोखरेलले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्