अश्लिल तथा उत्तेजित अन्तर्वार्ता संचालन गर्ने प्रस्ताेता सहित अन्तर्वार्ता दिने व्यक्ति पक्राउ

<span class='c1'>अश्लिल तथा उत्तेजित अन्तर्वार्ता संचालन गर्ने</span> <span class='c2'>प्रस्ताेता सहित अन्तर्वार्ता दिने व्यक्ति पक्राउ</span>

काठमाडाै,  ६ चैत। सामाजिक संजालमा अमर्यादित तथा अश्लिल कार्यक्रम संचालन गर्ने र अन्तर्वार्ता दिने व्यक्तिहरु काठमाडौंबाट पक्राउ परेका छन्।

अश्लिल तथा उत्तेजित अन्तर्वार्ता संचालन गरेको अभियोगमा फुल्चोकी मिडिया ग्रुपका संचालक राजकुमार कुँवर, कार्यक्रम संचालिका लक्ष्मी मोक्तान तथा अश्लिल अन्तरवार्ता दिने मोडल परी तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरीले बुधबार जनाएको छ। अश्लिल सामाग्रीहरु फुल्चोकी मिडिया नाम गरेको फुलयुटुब च्यानलको ‘मस्ती टक टाईम’ बाट प्रसारित गरीएको जनाइएको छ।

सामाजिक संजालमा अमर्यादित, अश्लिल, उत्तेजित अन्तर्वार्ता दिएको र कार्यक्रम संचालन गरेका कारण त्यसले सामाजिक मर्यादामा खलल पुगेकोभन्दै सर्वसाधारणले प्रहरी सामु गुनासो गरेका थिए।महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको हो।

उनीहरुलाई साईवर क्राईम अपराधमा अनुसन्धान भइरहेको सो परिसरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्