मेयरले विराटनगरमा निजी विद्यालयमैत्री वातावरण बनाउने दाबी

मेयरले विराटनगरमा निजी विद्यालयमैत्री वातावरण बनाउने दाबी

विराटनगर, ६ चैत ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले निजी विद्यालयमैत्री वातावरण तयार गर्न आफू सदैव सक्रिय रहने बताएका छन् ।
विराटनगर प्याब्सनले १४ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित राष्ट्रिय अध्यक्ष, सचिव र सदस्यहरुकालागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मेयर पराजुलीले निजी बिद्यालय मैत्री वातावरण बनाउने बताएका हुन्। उनले विकासका निम्ति कर लिनु अनिवार्य रहेको चर्चा गर्दै अन्य विषयमा पनि छलफलका लागि महानगरपालिका तयार रहेको बताए ।
यद्यपी कर लिएवापत निजी विद्यालय सञ्चालनका लागि महानगरले दिनुपर्ने सेवा सुविधा तत्काल उपलब्ध गराउन आफू तयार रहेको बताए । प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले निजी विद्यालयका विपक्षमा देखिएका समस्याहरुको समाधान संवाद र लबिङकै माध्यमबाट हुने विश्वास ब्यक्त गरे ।
‘नितीगत कुरामा हामीले छलफलबाट नै समस्या समाधान गर्ने प्रयासको थालनी गरेका छौं, अध्यक्ष पुरीले भने,‘केहि समस्याको सामाधान हुन्छ, तपाईहरु ढुक्कका साथ विद्यालय सञ्चालन गर्नुस् ।’ यद्यपी उनले सरकारले भनेजस्तै श्रमिक र कर्मचारीहरुको हितका सवाललाई भने कार्यान्वयन गर्न निजी विद्यालय समेत तयार हुनुपर्नेमा जोड दिए । सवै नजी विद्यालयले अहिलेको अवस्थामा कार्यान्वयन गर्न नसकेपनि सक्ने वर्गीकरणका आधारमा सक्षम विद्यालयले त्यसलाई कार्यान्वयन गर्ने र नसक्नेको सवालमा विकल्पको खोजी गर्नुपर्नेमा जोड दिए ।
सरकारले सवै युवालाई रोजगार दिने नसके बेरोजगार भत्ता दिने घोषणा गरेको सन्दर्भमा निजी विद्यालयलाई बन्द गरेर पाइरहेको रोजगारीको अवसर नखोस्ने विश्वास ब्यक्त गरे । उनले प्याब्सनका स्थानीय तहका कमिटीका पदाधिकारी समेत चनाखो हुनुपर्ने र तत् तत् स्थानमा बन्ने ऐन नियमलाई निजी विद्यालय मैत्री बनाउन भूमिका खेल्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, इस्टुका उपाध्यक्ष रोहिणीरमण दवाडी, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुईटेल, अभिभावक संघ प्रदेश अध्यक्ष देवी पन्थी, इमानका केन्द्रीय अध्यक्ष नरेन्द्र केसी र प्याब्सनका विभिन्नतहका नेताहरुले नव निर्वाचित पदाधिकारीलाई बधाई दिँदै प्याब्सन केन्द्रीय समितिसँगका अपेक्षाका बारेमा धारणाहरु राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्