विराटनगरमा नशा रहित होली, दुर्ब्यसन मुक्त समाज बनाईने मुख्यमन्त्रीकाे भनाई

विराटनगरमा नशा रहित होली, दुर्ब्यसन मुक्त समाज बनाईने मुख्यमन्त्रीकाे भनाई

विराटनगर, ६ फागुन ।
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले देशलाई सबल र समृद्ध राष्ट्र बनाउन दुब्र्यसन मुक्त समाज निर्माण गर्नुपर्ने बताए ।
खेलौं नशा रहित होली नारा सहित विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन मुख्यमन्त्री राइले यस्तो बताए ।

उनले होली आपसी सदभाव र शान्तिको पर्व रहेकाले यो पर्वलाई सांस्कृतिकरुपमा मनाउन जोड दिए। पछिल्लो समय होली पर्वको नाममा मादक पदार्थ र विभिन्न प्रकारका नशालु पदार्थ सेवन गर्ने प्रबृति हाबी हुंदै गएकाले त्यस्तो प्रबृतिबाट युवा पुस्ता जोगिनुपर्ने आग्रह गरे । उनले नशालु पदार्थको सेवनबाट ब्यक्तिगत स्वास्थ्य सहित परिवार र सिंगो समाज नै प्रभावित हुने भएकाले नशा रहित होली खेल्न आग्रह गरे ।
चलचित्र अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले होली धार्मिक पृष्ठभुमिसंग जोडिएको पर्व रहेकाले मौलिकरुपमा मनाउनुपर्ने बिषयमा जोड दिईन् । कार्यक्रममा चर्चित हास्य कलाकार पारस थापाले आफ्ना प्रहसन प्रस्तुत गर्नुभयो भने गायक सुमित खड्काले होली बिषेश गित प्रस्तुत गरिन् ।
दुब्र्यसनबिरुद्ध पुर्नस्थापनका क्षेत्रमा सक्रिय संघसंस्थाको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा कार्यक्रम गरिएको थियो । ‘नशा बिना पनि सुन्दर छ जीवन’ नारा सहित कार्यक्रम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्