दुधसँग विर्सेर पनि खान नहुने यी चीज, जसले बिषादी बनाउँछ

<span class='c1'>दुधसँग विर्सेर पनि खान नहुने</span> <span class='c2'>यी चीज, जसले बिषादी बनाउँछ</span>

काठमाडौं , ७ चैत । दुधमा शरीरलाई आवश्यक पर्ने पोषकतत्व पाइन्छ । स्वास्थ्यको लागि दुध लाभदायक मानिन्छ । तर  हामी कहिलेकाँही दुधसँग मिसाएर अन्य चीज पनि खाने गर्छौं । थाहा नभइकनै दुधसँग अन्य चीज मिसाएर खाँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । जुन चीजले दुधलाई विषादीमा समेत परिणत गर्नसक्छ ।

दुधसँग दही कहिलेपनि खानुहुँदैन । दही साथमा दुध खाँदा एसिडिटी, ग्याष्टिक र बान्ता हुने सम्मको समस्या हुनसक्छ । दही खाएको करिब एक वा दुइघण्टापछि मात्र दुध पिउनु उपयुक्त हुन्छ । दालसँग दुधको सेवन गर्नुहुँदैन । दुध पिउनु अघि वा दुध पिएपछि फलफूल खानु हुँदैन । दुधसँग सुन्तला, अनार खाएमा यसले स्वास्थ्यमा हानि पु–याउँछ ।

दुधसँग केरा पनि खान नहुने बताइन्छ । दुधसँग केरा खाँदा खोकीको समस्या बढ्न सक्छ । यसले पाचन क्षमतामा पनि असर पर्छ ।कोही भात खाँदा दुधको साथमा ब्रेड बटर लिने गरिन्छ । दुध आफैंमा पुरा आहार हो । यी सबै चीज एकैसाथ सेवन गर्दा शरीर भारी हुने समस्या हुनसक्छ । आयुर्वेदका अनुसार प्रोटिन , कार्बोहाइड्रेट र फ्याट एकैसाथ सेवन गर्नु हुँदैन ।

दुध र माछा पनि एकैसाथ खानु हुँदैन । यसले ग्याष्ट्रिक ,एलर्जी र छालासम्बन्धी रोगहरू लाग्ने गर्छ । दुधमा भिटामिन,प्रोटिन,मिनिरल लगायत सबै तत्वहरू पाइन्छ । दुधको साथमा नुनिलो चीज खाँदा पनि पाचनशक्तिमा असर पर्ने गर्छ । दुधसँग तिल पनि खानुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्