अज्ञात समूहले पेस्तोल देखाउँदै १ सय २० तोला सुन लुटे

<span class='c1'>अज्ञात समूहले पेस्तोल देखाउँदै १</span> <span class='c2'>सय २० तोला सुन लुटे</span>

सिन्धुली, ७ चैत । सिन्धुलीकाे कमलामाई नगरपालिका–६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढको साथबाट अज्ञात समूहले पेस्तोल देखाउँदै १ सय २० तोला सुन लुटेको छ।

सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो सो घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यावसायीलाई सुरक्षाको सुरक्षाका प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई शीघ्र कारबाही गर्न माग गरे।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले यस घटनामा अनुसन्धान सुरु भइरेहेको जानकारी दिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र तत्कालै केही भन्न नसकिने उनको भनाइ थियो। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्