विराटनगरमा होलीको चहलपहल, मुख्यमन्त्रीले पार्टी कार्यालयमा यसरी मनाए होली (फोटो फिचर)

विराटनगरमा  होलीको चहलपहल, मुख्यमन्त्रीले पार्टी कार्यालयमा यसरी मनाए होली (फोटो फिचर)

बिराटनगर, ७ फागुन ।
आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइँदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । हिजो पहाडी जिल्लामा मनाईएको होली आज तराईका जिल्लामा मनाईएको हो ।

दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाईने गरिन्छ । नेपालमा प्राचिन समयमा मनाईने बसन्त उत्सव र मदन उत्सव मध्ये पहाडि समुदायले मौसम परिवर्तनको रुपमा वसन्त उत्सवलाई मानेर होली मनाउने गर्छन् ।
तराईमा भनें महिला र पुरुषको बीचमा आत्मियता प्रदर्शन हुने मदन उत्सवको रुपमा भोलिपल्ट होली मनाईन्छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ ।
बिशेषगरी पूर्वि तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विभिन्न जातजातीहरु लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरु आज यो रङ्गिन चाड मनाउँदैछन् ।
पश्चिम नेपालको तराईहरुमा भने माटोले होली खेल्ने चलन पनि छ, बहुतै सदभावका साथ सुख्खा या भिजेको माटोको सुस्त लेप एकअर्कामा लगाएर होली प्रारम्भ गरिन्छ ।
जवरजस्ती रंग छ्याप्ने, लोला हान्ने कार्यलाई रोक्न प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । ट्राफिक चेकजाचलाई पनि कडाइ गरेको छ । सम्भावित दुर्घटनालाई न्युनिकरण गर्न प्रहरीले चेकजाच कडा पारेको जनाएको हो
यसैबिच प्रदेश १ का मुख्यमन्त्री शेरधनराईले नेकपा पार्टीबाट होली खेलन शूरु गरेका छन् । उनले पार्टीका प्रदेश सह ईन्चार्ज साबित्रीकुमार काफ्लेलाई अबिर दलेका थिए भने साबित्री कुमार काफ्लेले मुख्यमन्त्री राईलाई अबिर दलेर एक आपसमा शुभकामना साटासाट गरे । पार्टी कार्यकर्ता सहित ठुलो संख्यामा सहभागी पार्टी कार्यालयमा हरेक बर्ष यसैगरी होली खेल्ने गरिएको नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए ।

यस्तो देखियो मुख्यमन्त्रीको होली । फोटोहरु

[caption id="attachment_80355" align="alignnone" width="800"] नेकपा पार्टी कार्यालय पाञ्चाली विराटनगरमा हाेली खेल्न जुटेका कार्यकर्ता तथा नेता । [/caption]

[caption id="attachment_80356" align="alignnone" width="800"] मुस्कानमा मुख्यमन्त्री ।[/caption]

[caption id="attachment_80357" align="alignnone" width="800"] हाेली खेल्न आएका मुख्यमन्त्रीलाई स्वागत गर्दै पार्टी कार्यालयमा ।[/caption]

[caption id="attachment_80359" align="alignnone" width="800"] हाेली खेल्ने तयारीमा मुख्यमन्त्री र मन्त्री ।[/caption]

[caption id="attachment_80360" align="alignnone" width="800"] हाेलीकाे शुभकामना साटासाट गर्दै [/caption]

[caption id="attachment_80361" align="alignnone" width="800"] हाेली खेल्दै मुख्यमन्त्री र नेताहरु ।[/caption]

[caption id="attachment_80363" align="alignnone" width="800"] अबिर लगाएर हाेली शुरुवात गर्दै मुख्यमन्त्री र नेताहरु ।[/caption]

[caption id="attachment_80364" align="alignnone" width="800"] हाेली खेल्दै[/caption]

[caption id="attachment_80365" align="alignnone" width="800"] हाेलीकाे राैनक[/caption]

[caption id="attachment_80366" align="alignnone" width="800"] हाेलीकाे राैनक  ।[/caption]

[caption id="attachment_80368" align="alignnone" width="800"] हाेलीमा रमाउँदै ।[/caption]

[caption id="attachment_80369" align="alignnone" width="1024"] हाेली हेल्दै ।[/caption]

[caption id="attachment_80370" align="alignnone" width="800"] यातायात ब्यवसायी राजन कँडेल र सहकारी अभियानकर्मी रमेश पाेखरेल ।[/caption]

[caption id="attachment_80371" align="alignnone" width="1024"] मुख्यमन्त्री राई हाेलाीमा रमाउँदै ।[/caption]

[caption id="attachment_80372" align="alignnone" width="800"] मुख्यमन्त्री राई हाेली खेल्दै । [/caption]

[caption id="attachment_80373" align="alignnone" width="1024"] सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई अबिर लगाउँदै ।[/caption]

[caption id="attachment_80374" align="alignnone" width="1024"] नेकपाका नेता महेश रेग्मी हाेलीमा रमाउँदै ।[/caption]

[caption id="attachment_80375" align="alignnone" width="1024"] पत्रकार यज्ञ शर्माकाे हाेली ।[/caption]

[caption id="attachment_80376" align="alignnone" width="1024"] मुख्यमन्त्रीका प्रेस स‍याेजक ध्रुब सुबेदी[/caption]

[caption id="attachment_80377" align="alignnone" width="1024"] राससका विराटनगरका पत्रकारसँग मुख्यमन्त्रीका प्रेस सयाेजक ध्रुब सुवेदी ।[/caption]

[caption id="attachment_80378" align="alignnone" width="1024"] ट्रेड युनियन महासङ्घ जिफन्टका सचिव किशाेर धमला ।[/caption]

[caption id="attachment_80380" align="alignnone" width="1024"] हाेलीमा रमाउँदै  कर्मचारीहरु ।[/caption]

[caption id="attachment_80381" align="alignnone" width="1024"] नेता र कर्मतारीकाे सयुक्त हाेली[/caption]

[caption id="attachment_80383" align="alignnone" width="1024"] मुख्यमन्त्री शेरधन राईसँग हाेली खेल्दै [/caption]

[caption id="attachment_80386" align="alignnone" width="1024"] नेकपाका केन्द्रिय सदस्य तथा पुर्ब राज्यमन्त्री गाेपी अछामी[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्