नेपाली महिला फुटवल टोली विराटेश्वर बृद्धाश्रम पुगेर भने ‘हामीलाई जित्ने आशिर्वाद दिनुस्’

नेपाली महिला फुटवल टोली विराटेश्वर बृद्धाश्रम पुगेर भने ‘हामीलाई जित्ने आशिर्वाद दिनुस्’

विराटनगर, ७ फागुन ।
विराटनगर महानगरपालिको हाटखोलामा रहेको विराटेश्वर बृद्धा आश्रममा महिला खेलाडी बृद्ध आमाहरुसँग आशिर्वाद लिन ब्यस्त थिए । कसैले नमस्कार गर्दै गरेका, कसैले आफुलाई आशिर्वाद दिन भन्दैथिए ।

यसैगरी चलेको थियो, महिला खेलाडीको होली । एकातर्फ होलीको चहल पहल अर्को तर्फ भारतसँगको खेललाई जित्नै पर्ने दवावका बिच उनीहरु भन्दै थिए यो हाम्रोलागि ऐतिहाँसिक क्षण बनेको छ । नेपाली महिला टिमकी स्टाईकर साबित्रा भण्डारी, आज एउटा खुसीको क्षण भएको र यो आशिर्वादले भोलीको जित आफ्नो पक्षमा हुने निश्चित भएको दाबी गर्छिन् । जतिपनि आशिष छ त्यो लागोस् भन्नका लागि जेष्ठ नागरिक बृद्धबृद्धा भएको ठाउँमा आशिर्वादको लागि खेलाडी पुगेका हुन् । आफ्नो घर परिवारबाट टाढा रहेका खेलाडीलाई एक त आफन्तको याद मेटाउन बृद्धाश्रमले सहयोग पुर्याएको थियो भने, अर्को पक्ष भनेका जेष्ठ नागरिकको आशिर्वादले भारतसँगको खेलमा जीतकोलागि हौसला प्रदान गर्नुपनि थियो । खेलाडी अनिता बस्नेत जतिपनि आशिष छ, त्यो सबै नेपालको जितका लागि हुने दाबी गर्छिन् ।
खेलाडीलाई उत्साह जगाउन प्रशिक्षण स्थलबाट सिधै विराटेश्वरी बृद्धाश्रममा पुगेका नेपाली टोली निक्कै नै उत्साहित छन् । भारतसँगको खेलमा जित आफ्नो पक्षमा ल्याउने दाबी गरेका नेपाली टोली नयाँ रणनितीका साथ अगाडी बढ्ने दाउमा छ । नेपाली महिला फुटवल टिम की क्याप्टेन निरु थापाले एक आपसमा आमाहरुसँगको आशिर्वादले जितका लागि मनोवल बढाउने बताईन् । किन राेईन् खेलाडी
विराटनगरको सहिद रंगशालाबाट सिधै बृद्धाश्रममा पुगेका सबै खेलाडीहरु रमाईलो गरी बृद्धबृद्धासँग खुसी साटासाट गरीरहँदा एक खेलाडी भने रोई रहेकी थिईन् । शुरुमा सबै एक ठाउँमा हुँदा उत्साहित देखिएकी खेलाडी मञ्जीला सुब्बा सबैजना खुसी साटासाट गर्दै गर्दा उनी उत्तरपट्टी एकजना बृद्धालाई फ्रुटी खुवाएपछि रुँदै थिईन् ।

के भयो भन्दा उनले कुनै प्रतिक्रिया नजनाएपनि आफ्नो बुबा आमाको सम्झनामा रोएको हुन सक्ने उनका साथिहरु बताउँदै थिए ।

प्रस्तुती : सुमन सुस्केरा/आवरविराटनगर डट नेट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्