प्रभू बैंकले विराटनगरकाे तिनपैनीमा शाखा सञ्चालनमा ल्यायाे

प्रभू बैंकले विराटनगरकाे तिनपैनीमा शाखा सञ्चालनमा ल्यायाे

विराटनगर,७ फागुन । प्रभू बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ मोरङ जिल्लाको विराटनगरमा शाखा स्थापना गरेको छ । विराटनगर महानगरपालिका–२ स्थित तिनपैनीमा शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको छ ।

बैंकको तिनपैनी शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा मोरङ जिल्लास्थित विभिन्न राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका प्रमुख विनोदराज आचार्यले अतिथिको मन्तव्य राख्दै प्रभू बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकामा बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन लागेको प्रशंसनीय कार्य भएको बताए ।

स्थानीयलाई आफ्ना नजिकैबाट प्रभू बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा अवसरको सही सदुपयोग गर्दै बैंकिङ प्रणाली एवं गुणस्तरीय बैंकिङ सेवाको लाभ लिन आग्रह गरे ।

सञ्चालनमा आएको प्रभू बैंकको तिनपैनी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाले प्रभू बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुनेछन् र समग्र विराटनगर महानगरपालिकाको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्