छोराले बुवाको हत्या गरेको आशंका, हत्यामा संलग्न छोरा फरार

छोराले बुवाको हत्या गरेको आशंका, हत्यामा संलग्न छोरा फरार

खाँदबारी,७ चैत । संखुवासभाको खाँदबारी नगरपालिका-११ खाईसोङ गाउँमा छोराले बुवाको हत्या गरेका छन्।६२ वर्षीय भुवनसिं राईका काइला छोरा संजय राईले  आफ्नो बुवाको हत्या गरेको आशंका गरिएको वडा नम्बर ११ का वडाअध्यक्ष नरेन्द्र गुरुङले जानकारी दिए।

घटनास्थलमा पुगेका वडाअध्यक्ष गुरुङका अनुसार हत्यामा संलग्न छोरा फरार छन्। घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालबाट प्रहरी टोली गएको टोलीमा सहभागी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिए।

प्रहरीको टोली घटनास्थल पुगेपछि घटनाको थप जानकारी आउने राईले बताए।शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्