विराटनगरमा साफ च्याम्पियनसिप:फाइनलमा नेपालले भारतलाई हराउन सक्ला?यस्तो छ इतिहास

विराटनगरमा साफ च्याम्पियनसिप:फाइनलमा नेपालले भारतलाई हराउन सक्ला?यस्तो छ इतिहास

बिराटनगर चैत ७ ।

विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिको लागि शुक्रबार फाइनल हुँदैछ । बिराटनगरको शहिद रंगशालामा दिउसो ३ बजे हुने खेलमा उपाधिका लागि नेपाल र भारत भिड्दैछन् ।

नेपालले उपाधि जित्ने प्रशिक्षक हरि खड्काको दाबी

नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हुँदैछ । यसअघिका तीनओटै भिडन्तमा नेपाल फाइनलमा पराजित भएको थियो । एकपटक सेमिफाइनलमा नै भारतले नेपाललाई रोकेको थियो ।

खेलअघिको पत्रकार सम्मेलनमा बिहीबार बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले दक्षिण एसियामा भारत बलियो भएपनि योपटकको साफमा भारतको वर्चस्व तोड्दै उपाधि नेपालले जित्ने दाबी गरेका छन् ।

यो टिमले यसअघि भारतसँग दुई खेल खेलेकामा नेपालले एक खेल जितेको छ भने एक खेलमा बराबरी गरेको छ ।प्रशिक्षक खड्काले टिम सन्तुलित रहेकाले भारतलाई पराजित गरी उपाधि जित्न सक्षम रहेको बताए ।

उता, भारतीय मुख्य प्रशिक्षक म्यामोल रकीले सुखद् सुरुआत गरेकाले अन्त्य पनि सुखद् नै गर्न चाहेको बताइन् ।भारतले यसअघिका सबै संस्करण जितेको छ ।

यस्तो छ इतिहास :

महिला फुटबलमा अहिलेसम्म नेपालले भारतसँग १० खेल खेलेको छ । जसमा नेपालले एक खेल जित्दा दुई बराबरी गरेको छ भने सात खेल हारेको छ ।

नेपालले भारतसँग साफ च्याम्पियसिपमा चार खेल खेल्दा सबैमा हार व्यहोरेको थियो । पहिलोपटक घरेलु मैदानमा साफ च्याम्पियनसिप खेलिरहेको नेपाललाई घरेलु दर्शकको साथ रहने छ ।

दर्शक आउने आशा : 

शुक्रबारको फाइनलमा दर्शकको साथ भरपुर पाउने आशा आयोजकको रहेको छ । यस अघिका खेलमा खासै दर्शक नपाएको शहिद रंगशालामा शुक्रबारको नेपाल र भारतको खेलमा दर्शक आउने अनुमान गरिएको छ । (इमेजको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्