मोरङकाे रतुवामाइबाट १५ किलाे गाँजा बरामद, ब्यक्ति फरार

मोरङकाे रतुवामाइबाट  १५ किलाे गाँजा बरामद, ब्यक्ति फरार

विराटनगर,७ चैत । मोरङकाे रतुवामाइ नगरपालिका ४ आमबारी गौरिगन्ज सडक खण्डबाट प्रहरीले १५ किलाे गाँजा बरामद गरेकाे छ ।  आमबाडी सडक छेउमा रतुवामाई २ मियाटोलका  बर्ष ५० को भभला भन्ने मेहेरोउदिन मियाले लग्दै गरेकाे गाँजा प्रहरीले बरामद गरेकाे हाे । मियाँले रतुवामाई ४ भद्र चोक बस्ने  शोभादेवी साह र उनका  छोरा बर्ष  २५ को राहुल भन्ने विक्की साहलाई   प्लाष्टिकको झोलामा लुकाइ छिपाई लग्दै गरेकाे अबस्थामा गाँजा बरामद भएकाे प्रहरीले जनाएकाे छ । प्रहरी चाैकी झुर्कियाबाट खटिएको गस्ति टोलोलाइ देखेपछि मियाँ गाँजा छाडी भागेको प्रहरीले जनाएकाे छ ।  मरामद गाँजा बरामद गरी लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईएकाे जिल्ला प्रहरी कार्यालय माेरङका डिएसपी घनश्याम श्रेष्ठले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्