पेट्रियाेटिक क्रिकेट प्रशिक्षण केन्द्रको प्रशिक्षकमा मेहबुब आलम नियुक्त

पेट्रियाेटिक  क्रिकेट प्रशिक्षण केन्द्रको प्रशिक्षकमा मेहबुब आलम नियुक्त

विराटनगर,७ चैत ।
मेहबुब आलम पेट्रियाेटिक क्रिकेट प्रशिक्षण केन्द्रको प्रशिक्षकमा नियुक्त भएका छन् । झापाको दमक नगरपालिका ४ मा यहि चैत ५ गते बाट क्रिकेट एकेडेमीको काम थालेसँगै उनलाई प्रशिक्षकमा नियुक्त गरेको हो । वैशाख दोश्रो सातासम्म काम सक्ने गरी करिब २२ लाखको लगानीमा बन्दै गरेको पेट्रियाेटिक क्रिकेट प्रशिक्षण केन्द्रले विश्व किर्र्तिमान कायम गरेका मेहबुब आलमलाइ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।
आलमले सन् २००८ मे २५ मा मोजाम्बिक विरुद्धको खेलमा एक्लैले १० विकेट लिएर सनसनीपुर्ण इतिहाँस रचेका थिए । निर्माण शुरु भएको एक महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष लिईएको ट्रेनिङ्ग सेन्टरमा होस्टेल, जिम हल, मल्टिमिडिया क्लासको समेत ब्यवस्था हुनेछ ।
टर्फ विकेट सहित चार प्राक्टिस पिच रहने ट्रेनिङ्ग सेन्टरको निर्माणले पुर्वी नेपालमा सुस्ताएको क्रिकेटको गतिबिधिलाई उकास्ने विश्वास लिईएको छ । प्रशिक्षण केन्द्रको स्थापनासँगै झापालाई एउटा क्रिकेट हबको रुपमा स्थापित गराउने अभियान सुरु भएको एकेडेमीका अध्यक्ष इन्जिनियर प्रविन पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्