३ सय ६० वटा सवारी साधनलाई प्रहरीकाे नियन्त्रणमा

३ सय ६० वटा सवारी साधनलाई प्रहरीकाे नियन्त्रणमा

बिर्तामोड, ७ चैत। होली पर्व मनाउने क्रममा सवारी नियम उल्लंघन गरेको भन्दै बिहीबार ३ सय ६० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीनजना सवार र हेलमेट नलगाइ कुदाएका मोटरसाइकल तथा स्कुटर ३ सय ४९ वटा, ७ वटा टेम्पो र ४ वटा जिप तथा कार नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाको दमक, बिर्तामोड, भद्रपुर, सुरुंगा, बुधबारे, चारआली र काँकडभिट्टा लगायत स्थानबाट ती सवारी नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम अधिकारीले बताए ।

पक्राउ परेका टेम्पो र जिप तथा कारले क्षमता भन्दा बढी यात्रु बोकेका थिए भने मोटरसाइकलमा तीनजना चढ्नुको साथै हेलमेट नलगाइ कुदाएको पाइएकाले पक्राउ गरेको अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्