‘फुर्सदिलो’ काँग्रेसलाई गिरिजाप्रसादहरु सम्झिन बेफुर्सद !

<span class='c1'>‘फुर्सदिलो’ काँग्रेसलाई गिरिजाप्रसादहरु</span> <span class='c2'>सम्झिन बेफुर्सद !</span>

काठमाडौँ, ७ चैत ।  यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकै फुर्सदिलो अवस्थामा छ । पार्टीको आन्तरिक राजनीति लथालिङ छ, सरकार बाहिर भएकाले काँग्रेस नेताहरु पनि डुलडालमै व्यस्त छन् । तर फुर्सदिलो काँग्रेस र उसका नेतालाई पार्टी स्थापनाको दिन होस् या दिवंगत नेताहरुलाई सम्झने फुर्सद पनि कहिल्यै भएन ।

बिपी कोइरालाबाहेक अन्य नेताहरुको जन्मजयन्ती होस् वा स्मृति दिवस काँग्रेसले मनाउन छोडेको छ । आज काँग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस हो । कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । उनकोे जन्म १९८१ असार १८ मा भएको थियो । तर पार्टीले औपचारिक रुपमा कुनै कार्यक्रम घोषणा गरेन ।

काँग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय नीति अनुरुप पार्टीबाट कुनै औपचारिक कार्यक्रम नगरिएको जिकिर गरे । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको स्थापना दिवस नै थाहा नपाएको बताएका थिए ।

बिपी कोइरालाको सक्रियतामा कार्तिक १५, २००३ मा बनारसमा बस्ने नेपालीहरूलाई संगठित गरी देवीप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस नामक संस्थाको स्थापना भएको थियो । विगतमा काँग्रेसले त्यो दिन भव्य रुपमा पार्टीको स्थापना दिवस मनाउने गर्दथ्यो । तर अहिले पार्टी सभापति नै स्थापना दिवसको बारेमा अनविज्ञता प्रकट गर्छन् ।

उनको नेतृत्वकालमा उनीमाथि पर्याप्त विवादहरु भए । उनका काम र विचारहरुमा सबैजना सहमत हुन्छन् वा हुनुपर्छ भन्ने छैन । तर कोइरालाले दश वर्षे सशस्त्र द्वन्द्वलाई व्यवस्थापन मात्र गरेनन्, तत्कालीन माओवादी पार्टीलाई सहमतिमा ल्याई १२ बुँदे शान्ति सम्झौता गरेर मूलधारमा ल्याएका थिए । साथै उनको नेतृत्वमा निरंकुश राजतन्त्रको उन्मूलन, गणतन्त्रको स्थापना, संघीयताको घोषणा र पहिलो संविधानसभाको निर्वाचनलगायत उल्लेखनीय कामहरु भएका थिए ।

यिनै कार्यहरुका लागि कोइरालालाई नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट नेताहरुले पनि सम्झन्छन् । तर काँग्रेसले भने उनलाई औपचारिक रुपमा सम्झिन आवश्यक ठानेन । उनी लगायत दिवंगत अन्य नेताहरुलाई समेत सम्झिन छाडेको छ ।

यस्तै काँग्रेस पार्टी र मुलुकका लागि उल्लेख काम गरेका नेताहरु, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुशील कोइरालाप्रति पनि सदभाव प्रकट गरेको पाइँदैन । दिवंगत नेताहरुको जन्मजयन्ती होस् वा स्मृति दिवस काँग्रेका लागि ‘कागका लागि मेल पाक्यो हर्ष न विषमत’ को उखानमा परिणत हुँदै भएको छ । पार्टीका संस्थापक नेताहरुले तत्कालीन समयमा गरेका काम र विचारलाई भजाउँदै खाने गरेको काँग्रेसले

उनीहरुलाई सम्झिन किन आवश्यक ठानेन ? 

यो प्रश्नमा पार्टीका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला दिवंगत नेताहरुलाई सम्झिन छाडिनु दुःखद भएको बताउँछन् ।  दिवंगत नेताहरुको जन्मजयन्ती वा स्मृति दिवस गर्दै पार्टी कार्यकता संगठित हुन पाउने अवसरलाई पार्टी नेतृत्वले नबुझेको उनले आरोप समेत लगाए । त्यस्तै काँग्रेस सांसद भिमसेनदास प्रधानले दिवंगत नेताहरुलाई औपचारिक कार्यक्रम गरेर सम्झँदा कार्यकर्ता पंक्तिमा उत्साह आउनुका साथै उहाँहरुप्रति सम्मान प्रकट हुने धारणा राखे ।

यद्यपि, जिपी कोइराला फाउन्डेसनले दीप प्रज्जवलन गरी कोइरालाको स्मृति दिवस मनाएको छ । काठमाडौंस्थित माइतीघरमा साँझ ५ बजे सम्पन्न सो कार्यक्रममा पार्टी पूर्व महामन्त्री समेत रहेका  सिटौला लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।  राताेेपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्