फ्राइडे रिलिज: आज नेपाली चलचित्र ‘कागजपत्र’

फ्राइडे रिलिज:  आज  नेपाली चलचित्र ‘कागजपत्र’

काठमाडौं, ८ चैत। फ्राइडे रिलिज अन्तरगत आज शुक्रबार नेपाली कथानक चलचित्र ‘कागजपत्र’ रिलिज भएको छ ।

अपिल विष्ट निर्देशित चलचित्रले जसरी हुन्छ अमेरिका तथा अष्ट्रेलिया जानै पर्छ भन्ने पछिल्लो समयको सामाजिक मनोविज्ञानलाई मुख्य कथानक भएको छ ।

निर्देशक विष्टले अधिकांश कलाकार थिएटरबाट हन्ट गरेका छन् । भोलाराज सापकोटा, सरिता गिरी, नाजिर हुसेन थिएटरबाट लिएका निर्देशक विष्टले चलचित्र ‘ब्रेकअप’ फेम्ड नायिका सिल्पा मास्केलाई मुख्य भूमिका दिएका छन् । चलचित्रले बिहीबार साँझ प्रिमियर शो देखाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्