मेडिकल कलेजको ठगी शृंखला, नेसनल मेडिकलद्वारा छात्रवृत्तिकै विद्यार्थीबाट चर्को ब्याज

<span class='c1'>मेडिकल कलेजको ठगी शृंखला, नेसनल</span> <span class='c2'>मेडिकलद्वारा छात्रवृत्तिकै विद्यार्थीबाट चर्को ब्याज</span>

काठमाडौं, ८ चैत । एकपछि अर्को मेडिकल कलेजको ठगी धन्दा सार्वजनिक भइरहेको बेला वीरगन्जस्थित नेसनल मेडिकल कलेजले छात्रवृत्ति पाएका विद्यार्थीबाट समेत चर्को रूपमा ब्याज लिने गरेको पाइएको छ । कलेजले समयमा वार्षिक शुल्क नबुझाएको भन्दै छात्रवृत्ति प्राप्त विद्यार्थीबाट चर्को ब्याज लिएको पाइएको हो ।
वार्षिक शुल्क र होस्टेल शुल्कस्वरूप संयुक्त रूपमा सो कलेजले ती विद्यार्थीबाट मनोमानी ढंगले शुल्क असुल्दै आएको छ । शुल्क ढिलो तिर्ने विद्यार्थीबाट ब्याज शीर्षकमा १२ हजार ६ सय रुपैयाँ लिएको छ । कलेजले १२ जना विद्यार्थीबाट प्रतिविद्यार्थी २ लाख ३३ हजार रुपैयाँका दरले रकम असुलेको छ ।

यस्तै, परीक्षा शुल्क शीर्षकमा ३५ हजार रुपैयाँ, छात्राबास शुल्क शीर्षकमा ६४ हजार, मेस चार्जअन्तर्गत ७३ हजार ६ सय र अन्य शीर्षकमा ४० हजार रुपैयाँ लिएको पाइएको छ । कलेजले एक विद्यार्थीबाट २ लाख २५ हजार ५ सय रुपैयाँ लिएको छ ।
सो कलेजको १६औं ब्याजमा १२ जना विद्यार्थीले सरकारबाट छात्रवृत्ति पाएर अध्ययन गरिरहेका छन् । यसरी हेर्दा सो कलेजले छात्रवृत्ति पाएका विद्यार्थीबाट प्रतिवर्ष १० लाख रुपैयाँका दरले असुलेको छ ।
स्रोतका अनुसार सो नेसनल मेडिकल कलेजले एमबीबीएस अध्ययन गर्दै आएका विद्यार्थीबाट प्रतिविद्यार्थी ६१ लाख ३६ हजार रुपैयाँ लिँदै आएको छ । सरकारले उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्कबापत तोकेको छ ।

बढी शुल्कबारे कुरा उठाउने अभिभावकहरूलाई कलेज प्रशासनले धम्क्याउने गरेको छ । एक अभिभावकले भने, ‘कलेज प्रशासनलाई किन यति धेरै महँगो शुल्क भनेर प्रश्न गर्दा त्यसो भए विद्यार्थी नपढाउनु भनेर धम्की दिइन्छ । के गर्नु, सहनु परेको छ ।’यसअघि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले पनि २ करोड ८४ लाख ९० हजार रुपैयाँ ठगी गरेको सार्वजनिक भइसकेको छ । ललितपुरस्थित किस्ट मेडिकल कलेजले पनि स्वास्थ्य बिमा र किस्ट अल्मुनाईको नाममा विद्यार्थीबाट एकमुस्ट ४५ हजार रुपैयाँ शुल्क लिँदै आएको छ ।
सो कलेजले रजिस्ट्रेसन, आन्तरिक परीक्षा, स्वास्थ्य बिमा र फिल्ड भिजिटका नाममा पनि मनपरी शुल्क लिँदै आएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट अवैध रूपमा ५३ करोड रुपैयाँ ठगी गरेको छ । कलेजले तोकिएभन्दा बढी शुल्क लिए स्थानीय प्रशासनमा उजुरी दिन सक्ने व्यवस्था छ । राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्