प्रदेश सरकारले साफ च्याम्पियनसिपका विजेता हुने नेपाली खेलाडीलाई जनही २ लाख दिने

प्रदेश सरकारले साफ च्याम्पियनसिपका विजेता हुने नेपाली खेलाडीलाई जनही २ लाख दिने

विराटनगर, ८ चैत ।
प्रदेश १ सरकारले साफ महिला फुटवल च्याम्पिसनसिपमा नेपाली टोलीलाई जनही २ लाखको घोषणा गरेको छ ।

खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ को प्रदेश सरकारले महिला साफ फुटवल च्याम्पियनसिपमा नेपाली टोलीको सम्मान तथा हौसला बढाउने उदेश्यले नेपाली टोलीले उपाधि रक्षा गरे खेलाडीहरुलाई जनही २ लाख दिने घोषणा गरेको हो ।
नेपालमा पहिलो पटक भइरहेको अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताले प्रदेश नं १ तथा देशको नै गौरब बढेको भन्दै बिजेता बनेको अबस्थामा नेपाली टोलीका खेलाडीलाई जनही २ लाख दिर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुबेदीले जानकारी दिए । नेपाली टोली बिजेता बनेको अबस्थामा महिलाले खेलकुदमा गरेको गौरबपुर्ण ईतिहाँस हुने भन्दै प्रदेश सरकारले खेलाडीको सम्मान तथा हौस्याउनको लागि नगद घोषणा गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्