विराटनगरमा आज साफ फाइनल:टिकट दर बढेर ५ सय पुग्यो ,सामाजिक संजालमा बिरोध

विराटनगरमा आज साफ फाइनल:टिकट दर बढेर ५ सय पुग्यो ,सामाजिक संजालमा बिरोध

बिराटनगर चैत्र ८,

विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज फाइनल हुँदैछ । बिराटनगरको शहिद रंगशालामा दिउसो ३ बजे हुने खेलमा उपाधिका लागि नेपाल र भारत भिड्दैछन् ।

नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हुँदैछ । यसअघिका तीनओटै भिडन्तमा नेपाल फाइनलमा पराजित भएको थियो ।

टिकट दर बढ्यो : 

साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलका लागि टिकट दर बढाइएको छ । २ सय र ३ सयको टिकटमा खेल हेर्दै आएका दर्शकले आज फाइनल खेल हेर्न रु ५ सय रुपैया खर्चनुपर्ने छ । बढाइएको शुल्क प्रति भने सामाजिक संजालमा चर्को बिरोध भैरहेको छ । यस अघिका खेलमा दर्शक नपाएको अवस्थामा फाइनलमा एक्कासी रकम बढाउदा स्थानीय आक्रोशित बनेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्