प्रदेश नम्बर १ : छुट्टाछुट्टै स्थानमा भएको धारीलो हतियार प्रहारबाट २ जनाको मृत्यु १ घाईते

प्रदेश नम्बर १ : छुट्टाछुट्टै स्थानमा भएको धारीलो हतियार प्रहारबाट २ जनाको मृत्यु १ घाईते

बिराटनगर चैत्र ०८ ।

१ नम्बर प्रदेश अन्तर्गत संखुवासभा र सुनसरी जिल्लामा बिहिबार धारीलो हतियार प्रहारबाट २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान उप-महानगरपालिका-७ बगैचालाईनमा बिहीबार साँझ साढे ४ बजे होली पर्व मनाई फर्किने क्रममा वाद-विवाद भई छुरा प्रहार हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

धरान-८ सिद्धार्थमार्ग बस्ने बर्ष २० को निमा तामाङ र सोही स्थान बस्ने बर्ष १७ को मिलन बिकलाई धरान-८ भोटेपुल बस्ने बर्ष १७ सुमन तामाङ, सोही स्थान बस्ने बर्ष १८ को सुसान्त राई र धरान-७ आचार्यलाईन बस्ने बर्ष १८ मनिस लिम्बुले विवादका कारण धारीलो हतियार छुरा प्रहार गरी फरार भएका थिए ।

घाईते दुबैजनाको बि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेकोमा साँझ ५ बजेको समयमा उपचारको क्रममा निमा तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको साथै फरार रहेका तीनै जनाको खोजिकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी संखुवासभाको खाँदबारी नगरपालिका-११ सुनखानी बस्ने बर्ष ६३ को भुवन सिंह राईलाई बिहिबार दिउँसो १२ बजेको समयमा निजको छोरा बर्ष २८ को संजय राईले घरायसी विवादको कारण धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

घटनाबारे जानकारी पाउना साथ प्रहरी चौकी चन्दनपुरबाट प्रहरीको टोली घटनास्थल तर्फ खटि घटनास्थलको सम्पूर्ण कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदवारी पठाएको छ भने फरार रहेका संजयको खोजतलाश भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्