झापा र सुनसरीबाट लागूऔषध सहित ३ जना पक्राउ परे

झापा र सुनसरीबाट लागूऔषध सहित ३ जना पक्राउ परे

बिराटनगर चैत्र ०८ ।

१ नम्बर प्रदेश अन्तर्गत झापा र सुनसरी जिल्लाबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटीएको प्रहरीको टोलिले बिहीबार दिउँसो पौने ३ बजेको समयमा सुनसरीको बरहाक्षेत्र नगरपालिका-६ बसपार्कमा राजाबासबाट चतरा तर्फ जादै गरेको मे.१ प.६७९२ नम्बरको मोटरसाईकललाई शंका लागी चेकजाच गर्दा मोटरसाईकल चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुनर्बास बस्ने बर्ष २७ को सुरेस बिस्ट र पछाडी सवार सोही स्थान बस्ने बर्ष ३४ को कालु प्रसाद राईले मोटरसाईकलको डिकिको भागमा लुकाई छिपाई ल्याएको ७६८ पिस स्पासमोप्रोक्सिबन क्याप्सुल सहित २ जनालाई नियन्त्रणमा लिएको थियो ।

बरामद मोटरसाईकल र लागूऔषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भईरहेको छ । यसैगरी झापाको भद्रपुर नगरपालिका-९ घोडामारा चियाबगानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन ।

बिहिबार साँझ साढे ७ बजेको समयमा प्रहरी चौकी घोडामाराबाट गस्तीमा खटिएको प्रहरीको टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा झापाको भद्रपुर नगरपालिका-९ बस्ने वर्ष ३० को नरेन राजवंशीले शरिरका बिभिन्न भागमा लुकाइ छिपाइ राखेको कोरेक्स ४ बोतल, नाइट्रोजन ट्याब्लेट ६३० पिस, मोबाइल १ थान र नगद रु २९,६५० सहित निजलाई नियन्त्रणमा लिएको थियो ।

लागुऔषध सहित पक्राउ परेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्