विराटनगरको म्याक्स अस्पतालकाे लापरवाही पछि विरामीकाे मृत्यु , तनाव पछि प्रहरी परिचालन

विराटनगरको म्याक्स अस्पतालकाे लापरवाही पछि विरामीकाे मृत्यु , तनाव पछि प्रहरी परिचालन

विराटनगर, ८ चैत । बिराटनगरको महेन्द्र चौकमा रहेको म्याक्स ईन्टरनेशनल अस्पतालले एन्ड ट्रमा सेन्टरको लापरबाहीका कारण एकजनाको ज्यान गएको छ ।

संघीय समाजवादी फोरमकी नेत्री उषा यादवको समेत लगानी रहेको अस्पतालमा केही दिन अगाडी एक बालकको मृत्यु भएको थियो ।
धरान नयाँ बजार छाताचौकका बिरामी मो.मक्सुदको गएराती अस्पतालको लापरवाहीको कारण मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।
एम्बुलेन्सको मिलेमतोमा राती ३ बजे बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उनलाई उठाएर राती नै म्याक्समा ल्याईएको खुल्न आएको छ । बिपी कोईराला स्वास्थ्य प्रतिष्ठानमा उपचार गराएका उनलाई त्यहाँ कसरी ल्याईयो भन्ने बारेमा मृतकका आफन्त नै अन्यौलमा छन् । मक्सुदको उपचारमा चरम लापरबाहीले गर्दा ज्यान गएको मृतकका आफन्तले बताएका छन् ।
यो बिषयमा समाचार संकलन गर्न अस्पतामा पुगेका ओबीका संवाददाता प्रेम देवान सहितका पत्रकारलाई प्रवेशमा रोक लगाएको छ । मुलगेट तथा पछाडिको गेट प्रहरी परिचालन गरेर अस्पताललाई सुरक्षा दिईएको छ । पत्रकारलाई प्रवेश गर्न नदिईनुमा प्रहरीले नै स्वास्थ्यमन्त्री उपेन्द्र यादव निर्देशनमा पत्रकारलाई रोक लगाईएको त्यहाँ रहेको प्रहरीले प्रहरीले जवाफ दिएका थिए । तर यस बारेमा मोरङका एसपी मनोज केसीले त्यहाँ अप्रिय घटना हुन नदिन प्रहरी परिचालित गरिएको भएपनि कुनैपनि मन्त्रीको कुरा हामीलाई थाहा नहुने बताए । त्यहाँको घटनासँग मात्र हामीलाई थाहा हुन्छ तर त्यहाँ कसलाई पस्न दिने नदिने भन्ने बिषय आफ्नो नभएको बताए ।

अस्पतालकाे घटनाकाे बारेमा  अस्पतालका निर्देशक हेमनारायण मेहतासँग  फाेनमा जानकारी लिन खाेज्दा उनले फाेन उठाएनन्  । उनले आफु ब्यस्त रहेकाे म्यासेज पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्