सुन्दरहरैंचामा मोटरसाइकल दुर्घटना : एकजनाको उपचारका क्रममा मृत्यु

सुन्दरहरैंचामा मोटरसाइकल दुर्घटना : एकजनाको उपचारका क्रममा मृत्यु

बिराटनगर चैत्र ८ ,

सुन्दरहरैंचा नगरपालिका–१० मा भएको मोटरसाइकल दुर्घटनामा चालक सुन्दरहरैंचा–७ का २४ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको छ ।

खोर्साने–केराबारी सडक खण्डमा हिजो साँझ उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ३० प २६६३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चौधरीसहित मोटरसाइकलको पछाडि सवार सुन्दरहरैंचा–७ का २२ वर्षीय सुमन विक घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगरमा ल्याइएको थियो । उपचारका क्रममा चालक चौधरीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्