भोजपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई गम्भीर घाइते,उपचारका लागि धरान ल्याइयो

भोजपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई गम्भीर घाइते,उपचारका लागि धरान ल्याइयो

भोजपुर चैत ८ । भोजपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएको छ ।

भोजपुरबाट धरान जाँदै गरेको ना ६ ख ४४८३ नम्बरको ट्रकले भोजपुरतर्फ आउँदै गरेको को ३१ प ४५४५ नम्बरको मोटरसाइकललाई अरुण गाउँपालिका वडा नं ६ जरायोटारमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनाअघि विहान ९ वजेतिर भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार घाइते भएका दुवैजनालाई उपचारका लागि धरान लगिएको छ ।

उनीहरुको नाम खुलेको छैन । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्