सावित्रा नेपाली महिला फुटबलको इतिहासमै उच्च गोलकर्ताको दोस्रो स्थानमा

सावित्रा नेपाली महिला फुटबलको इतिहासमै उच्च गोलकर्ताको दोस्रो स्थानमा

बिराटनगर चैत्र ८ ,

साफ च्याम्पियनसिप फुटबलको फाइनलमा सावित्रा भण्डारीको एक गोलसँगै सावित्रा नेपाली महिला फुटबलको इतिहासमै उच्च गोलकर्ताको दोस्रो स्थानमा पुगेकी छिन् ।

२२ वर्षकी सावित्राको राष्ट्रिय टिमका लागि २७ खेलबाट यो २६ औं गोल हो । उनले २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानसँगको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । नेपालका लागि सावित्राभन्दा अघि अनु लामाले २८ खेलमा ३५ गोल गरेकी छिन् ।

उनी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टिमबाट खेल्ने गर्छिन । नेपाली महिला फुटबलको मात्र होइन दक्षिण एशियाकै उत्कृष्ट स्टाइकर हुन् ।

साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतले नेपाललाई ३-१ गोलले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्