साफ महिला : विराटनगरकाे शहिद रङ्गशालामा दशाै हजारका दर्शक, नेपाललाई ३-१ गाेलकाे धक्का

साफ महिला : विराटनगरकाे शहिद रङ्गशालामा दशाै हजारका दर्शक, नेपाललाई ३-१ गाेलकाे धक्का

विराटनगर, ८ चैत । पहिलो पटक काठमाडौं उपत्यका बाहिर भएको फुटबलको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता पाँचौ महिला साफ च्याम्पियनसिप विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ। दश हजार दर्शक क्षमता भएकाे विराटनगरकाे शहिद रङ्गशालामा दर्शक भने  दशाै हजारकाे सङ्ख्यामा पाएकाे छ । पहिलाे पटक विराटनगरमा अन्तराष्टिय फुटवल प्रतियाे आयाेजना भईरहँदा दर्शककाे भिड रङ्गशालाले थेग्न हम्मे-हम्मे परेकाे थियाे ।

शुरुकाे करिव ४५ मिनेट सम्म राम्राे खेलेकाे नेपाली टिमकाे लागि पहिलाे हाफ पछिकाे समय दुर्भाग्यपुर्ण बन्याे । मध्यान्तर पछिकाे थप २ गाेल नै भारतका लागि पाँचाैँ च्याम्पियनसिपकाे पाँचाै जितकाे बलियाे आधार बन्याे । नेपाले पाएकाे पटक पटककाे प्रहार असफल बन्नु पनि नेपालकाे हारकाे कारण बन्याे । नेपालकाे तर्फबाट साबित्रा भण्डारीले गरेकाे पटक पटक प्रहार असफल हुँदा नेपालले हार ब्यहाेरेकाे दर्शककाे बुझाई छ ।  शुक्रबार भएको फाइनलमा चिरप्रतिद्वन्द्वी भारतसँग ३-१ ले पराजित हुँदै नेपाल निराश हुँदै पराजित भए पनि घरेलु दर्शकले उनीहरुलाई साथ दिए ।दर्शकहरूले भरिभराउ रंगशालामा पहिलो पटक यति धेरै संख्यामा घरेलु दर्शकको उपस्थिति थियो। झापा, ईलाम देखि उदयपुर, धनकुटा देखि काठमाडाैका समेत दर्शक विराटनगरकाे शहिद रङ्गशाला देखिन्थे ।  घरेलु मैदान दर्शककाे साथ हुँदा हुँदै पनि नेपाली टाेलीले हार ब्यहाेर्दा नेपाल नेपालले पाँचाै साफमा पनि आफ्नाे भाग्य बलियाे बनाउन सकेन ।

भारतकाे तर्फबाट पहिलाे गाेल भारत की खेलाडी  डालिमा छिब्बेरले गरिन् । त्यसकाे ७ मिनेटमा नेपालका खेलाडी साबित्रा भण्डारीले गाेल भारतलाई बदला लिईन् । तर मध्यान्तर पछि मैदानमा पर्किएकाे भारत निक्कै नै नेपाल माथि हाबी देखियाे । त्यसपछि भारतकाे तर्फबाट ग्रेस डाग्मेईले दाेश्राे गाेल गरिन भने तेश्राे गाेल अञ्जु तामाङ्गले गरेकाे गाेल नै भारतकाे जितका लागि पर्याप्त भयाे । याे खेलसँगै नेपालले भारतसँगै चाैथाे पटक उप विजेतामा चित्त बुझाउनु परेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्