विप्लव नेतृत्वको नेकपा का स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ

<span class='c1'>विप्लव नेतृत्वको नेकपा का स्थायी</span> <span class='c2'>कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ</span>

काठमाडौं । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले गएराति काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी,  विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन् । ओली चन्दपछिको तेस्रो वरियताका नेता हुन् ।

केही दिनअघि काभ्रेको काफल डाँडामा प्रहरी र नेकपाका कार्यकर्ताबीच फायरिङ भएको थियो । त्यस क्रममा प्रहरीले नेकपाका चार कार्यकर्तालाई पक्राउ गरेको थियो ।

काठमाडौंबाट गएको अपराध महाशाखाको टोलीले त्यो बेला हेमन्तलाई पक्राउ गर्न असफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्