प्रदेश १ मा सामुदायिक विद्यालय सुरक्षित अभियान संचालन हुने, प्रकोप रोकथामको तयारी

प्रदेश १ मा सामुदायिक विद्यालय सुरक्षित अभियान संचालन हुने, प्रकोप रोकथामको तयारी

विराटनगर, ९ चैत ।
प्रकोप जोखिम न्युनिकरण तथा सुरक्षित सिकाईका लागि प्रदेश एक अन्तर्गतका सामुुदायिक विद्यालयमा सुरक्षित विद्यालय अभियान संचालन हुने भएको छ ।

नेपाल सरकारले विद्यालयमा आईपर्न सक्ने मानविय तथा प्राकृतिक प्रकोपको व्यवस्थापनका लागि सुरक्षित विद्यालय अभियान संचालन गर्न लागेको हो । शिक्षा विकास निर्देशनालय प्रदेश एक धनकुटाले विराटनगरमा आयोजना गरेको कार्यक्रममा विद्यालय सुरक्षित वनाउन तथा सुरक्षित सिकाईका साथै वालवालिकाको सुुुरक्षाका लागि सामुदायिक विद्यालयमा यो अभियान संचालनगर्न लागिएको जानकारी गराइएको हो ।
प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले विगतमा पर्याप्त भौतिक संरचनाबिना विद्यालय संचालनगर्ने प्रवृति रहेकाले कतिपय विद्यालय भौतिक रुपमा असुरक्षित रहेको बताए । उनले मानविय र प्राकृतिक प्रकोप व्यवस्थापनकालागी विद्यार्थीलाई नै दक्षताको तालिम दिन उपयुक्त हुने उल्लेख गरे ।
उद्धारकालागी नेपाली सेना र नेपाल प्रहरी हरेक ठाउमा पुग्न नसक्ने भएकाले प्राकृतिक विपत्तिको सामनागर्न विद्यालयका विद्यार्थीलाई दक्ष वनाएर परिचालन गर्नुपर्ने उनको भनाई थियो ।
शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक लक्ष्मीप्रसाद भट्राईले नेपालका ७५ प्रतिशत विद्यालयका संरचना जोखिमयुुक्त भएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए । कार्यक्रममा सुरक्षित विद्यालय अभियानलाई प्रभावकारी बनाउन सहभागीहरुबाट सुझाव संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्