विराटनगर १० मा शुरु भयो आफ्नो टोल आफै सफा अभियान (भिडियो सहित)

विराटनगर १० मा शुरु भयो आफ्नो टोल आफै सफा अभियान (भिडियो सहित)

प्रेम देवान ।
विराटनगर, ९ चैत । विराटनगर १० तिन टोलियाका उदय चन्द्र न्यौपाने शनिबार विहानै आफ्नो हातमा झाडु बोकेर शान्तिमार्गको सडकमा निस्किए । हातमा पञ्जा अनि मुखमा माक्स लगाएर हातमा भएको झाडुले भर्खरै निमार्ण सम्पन्न भएको सडकमा सरसफाई गर्न थाले ।
उनी जस्तै शान्तिमार्गकी मेटलाईफ ईन्सोरेन्समा कार्यरत सरु साह पनि उदय चन्द्र न्यौपाने कै भेषमा सडकमा सरसफाई गर्दै थिईन् । अरु बेला घरको काम, अफिसको काम अल्झिरहने साह शानिबार भने विहानै हातमा झाडु बोकेर आफ्नो घर अगाडी सफा गर्न निस्किन् ।
उनले आफ्नो घर छेउछाउमा रहेका छिमेकी घर परिवारलाई पनि बाहिर निस्कन आग्रह गरिन् । नभन्दै हरेक घरका एक जना सदस्य हातमा सरसफाई गर्ने सामाग्री लिएर निस्कन थाले । कसैलेको हातमा कुटो – कोदालो त कसैको हातमा झाडु, हसिया देखिन्थे । सडकमा देखिएर भेटिएका हरेक फोहोर जन्य वस्तु संकलन गरी वेष्ट म्यानेजमेन्ट प्रालिबाट आएको गाडीमा हाल्ने गर्दथे । आफ्नो टोल आफै सफा गरौ भन्ने उद्धेस्यले शनिबारबाट विराटनगर १० तिनटोलिया शान्तिमार्गमा स्थानियवासीद्धारा सरफाई अभियान थालिएको हो । तिन टोलियामा रहेका हरेक सडक मार्गमा प्रत्येक शनिबार यसरी नै सरसफाईन अभियान थालनी गरिने शान्तिमार्ग टोल संगठनकी अध्यक्ष तारा निरौलाले जानकारी दिईन् । ‘यो आफ्नो टोलबाट अभियान सुरुवात गरेका छौ, उनले भनिन्, अभियान वडाका अरु टोलहरुमा पनि पुर्याउँछौँ ।’
सरसफाई अभियानमा विराटनगर– १० वडा कार्यालय, वेष्टमेनेजमेन्ट प्राली, पाईला परिवर्तनकका लागी हातेमालो अभियानका पदाधिकारी लगायत स्थानियवासीको उपस्थित रहेको थियो । यस्तो अभियान अरु जिल्लाका शहरहरुमा देखेर विराटनगरमा सुरुवात गरौ भनेर यो अभियान थालनी गरेको स्थानिय मुकुन्द दाहालले बताए । यो अभियानलाई आगामी दिनमा पनि निरन्तर लैजाने दाहालले सुनाए । सरसफा२ अभियानमा सबै टोलबासी लाग्न आग्रह गरे ।

यस्ताे  भिडियाे 

https://www.facebook.com/ourbrt/videos/2587349568003135/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्