विराटनगरकाे ग्लोबल एकेडमीले मनायो वार्षिक उत्सव

विराटनगरकाे ग्लोबल एकेडमीले मनायो  वार्षिक उत्सव

विराटनगर, ९ चैत । विराटनगर–१५ मा रहेको ग्लोबल एकेडमीले आफ्नो १६ औं वार्षिक उत्सव मनाएको छ । शनिबार विविद्य कार्यक्रम आयोजनागरि वार्षिक उत्सव मनाएको हो । विद्यालयले साँस्कृतिक नृत्य, गायन, कविता तथा स्कूलको वार्षिक परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरेको छ ।कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन प्रस्तुतगरि सहभागि भएका अभिभावक तथा सहभागिहरूलाई भरपुर मनोरञ्जन प्रदान गरे । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयमा २ सय २५ जना विद्यार्थी अध्ययरत रहेको प्रिन्सिपल रामचन्द्र पण्डितले जानकारी दिए । वार्षिक उत्सवको उद्घाटन पूर्व आपूर्तीमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय सदस्य र  सांसद शिवकुमार मण्डलले गरे ।

मण्डलले गुणस्तरीय शिक्षा प्रदान गर्न सदैव  लागि पर्नुपर्नेमा जोड दिए । विद्यालय संचालक ओमकार आचार्यले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै जीवन उपमुखी शिक्षा प्रदान गर्दै आएको बताए । कार्यक्रममा एनप्याब्सन प्रदेशको सह-कोषाध्यक्ष खोलुकुमार चौधरी, मोरङका पूर्व अध्यक्ष राजन कुमार छाहाराङ्ग लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्