ईलाम नगरपालिकामा वडाका सबै गतिबिधि मेयरको माेवाईलबाट निगरानी हुने

<span class='c1'>ईलाम नगरपालिकामा वडाका सबै गतिबिधि</span> <span class='c2'>मेयरको माेवाईलबाट निगरानी हुने</span>

इलाम, ९ चैत ।
इलाम नगरपालिकाका सवै वडाका गतिविधि अब नगर कार्यपालिका बाटै हेर्न सकिने भएको छ ।

नगरका सवै वडामा सिसि क्यामेरा जडान गरेर कार्यपालिकामा नै हेर्ने ब्यवस्था सहितको प्रविधि भित्र्याएसँगै कर्मचारी बसे नबसेको, काम गरे नगरेको थाहा पाउन सकिने भएको हो । नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि यस्तो कार्य अगाडी वढाइएको इलाम नगरपालिकाका प्रमुख महेश वस्नेतले जानकारी दिए । अहिले पहिलो चरणमा वडामा मात्र यो प्रविधि जडान गरिएको र आगामी दिनमा नगरका सवै विद्यालय तथा स्वास्थ्य चौकीमा यो प्रविधि जडान गरिने मेयर बस्नेतले बताए ।
सिसि क्यामरा जडान भएपछि इन्टरनेटको माध्यमबाट नगरप्रमुखले मोवाइलबाट नै जहाँ बसेर पनि सवै वडाका गतिविधि नियाल्न सक्ने वताइएको छ । यो प्रविधि जडान गर्ने इलाम नगरपालिका जिल्लाकै पहिलो स्थानीय तह हो । इलाममा ४ नगरपालिका सहित १० स्थानीय तह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्