प्रदेश नं १ का माेरङ्ग सहितका चार अस्पतालकाे सरकारले स्तरोन्नति गर्दै

प्रदेश नं १ का  माेरङ्ग सहितका चार अस्पतालकाे सरकारले स्तरोन्नति गर्दै

विराटनगर, ९ चैत । प्रदेश नं १ को सरकारले जिल्लास्थित अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउने कार्य शुरु गरेको छ । प्रदेश सरकारअन्तर्गत रहेका तीन जिल्लाका चार ओटा अस्पतालमा ५० शय्यामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको हो ।

मन्त्रालयले मोरङको रङ्गेली जिल्ला अस्पताल, मंगलवारेको स्वास्थ्य केन्द्र, झापाको दमक जिल्ला अस्पताल र उदयपुर जिल्लाको कटारी अस्पताललाई स्तरोवृद्धि गर्ने कार्य शुरु गरेको हो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङ, झापा र उदयपुुरअन्तर्गतका चार ओटा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरी कार्य अगाडि बढाइएको बताए । उनले शय्या थप गरी जनतालाई उपचारका लागि आवश्यक पर्ने विभिन्न सेवा तथा सुविधा सहजरुपमा पाउने गरी सञ्चालन गर्न लागिएको जानकारी दिए ।

हाल उक्त अस्पतालमा १५ शय्या रहेको छ । अस्पताल स्तरोन्नतिका लागि प्रत्येक जिल्ला अस्पतालका लागि प्रदेश सरकारले रू. एक करोड ३० लाख रकम विनियोजन गरिसकेको छ । मन्त्रालयले पहिलो चरणअन्तर्गत उक्त अस्पतालमा सेवा सुविधा उपलब्ध गराएकापछि प्रदेशअन्तर्गतका अन्य जिल्ला अस्पतालमा श्यया थप गरी विस्तार गरिने जानकारी दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्